२०८२ फाल्गुन ५ गते
×

Now Playing

ठाकुरज्युको प्रर्बद्धनमा जुट्दै गुठिचौर गाउँपालिका

जुम्लाको गुठिचौर गाउँपालिका धार्मिक पर्यटकिय गन्तव्य ठाकुरज्युको प्रर्बद्धन तथा संरक्षणका लागि जुटेको छ । ठाकुरज्यु सम्म आवतजावत गर्न बाटो निर्माणमा गाउँपालिका लागि परेको छ । आन्तरिक धार्मिक पर्यटकको चुनौतीलाई ध्यानमा राखेर ठाकुरज्यु सम्मको सडक पूर्वाधार निर्माणलाई गुठिचौरले अघि बढाएकोप्रमुख प्रशासकीय अधिकृत धुव्रराज गिरीले बताए । उनका अनुसार कर्णालीका बढीमालिका,छायाँनाथ,ऋणमोक्ष,तिहारा,विष्टज्यु जस्तै ‘ठाकुरज्यु’ पनि एक महोत्वपूण तिर्थ स्थल हो । जहाँ साउन पूर्णिमाको समयमा हजारौको संख्यामा ठाकुरज्यु पुग्छन् ।

जेष्ठ नागरिक देखि युवायुवती र बालबालिकासम्म पुग्ने ठाकुरज्युमा बस्ने गुणस्तरीय धर्मशाला, सम्म पुग्ने सडक बाटो नहुँदा निकै सास्ती हुने गरेको गुठिचौर गाउँपालिका –५ देपालगाउँका जेष्ठनागरिक मिम बहादुर महतले बताए।विशेषगरी ठाकुरज्युको संरक्षण प्रर्बद्धन र गुठिचौरका नागरिकहरुलाई आवतजावत गर्न सहज होस भन्नका लागि सडक निर्माण कार्यको थालनी गरिएको गुठिचौर गाउँपालिका अध्यक्ष दान बहादुर बुढाले बताए ।

उनले भने,‘पर्यटन क्षेत्र आर्थिक समृद्धी रोजगारी सृजनाका मुख्य आधार हुन् । गाउँपालिकाले गुठिचौर उपत्यका, ठाकुरज्यु लगायतका क्षेत्रको प्रर्बद्धनमा लगानी बढाउने कदम चालिरहेको छ । सिमित स्रोतका कारण अत्याआबश्यक क्षेत्रमा बजेट छुटाउँँदा पर्यटन क्षेत्रको अपेक्षित विकास हुन सकेको छैन् ।’

गुठिचौरको लाग्न हुदैँ ठाकुरज्यु जोड्ने सडकको अध्यक्ष दान बुढा र उपाध्यक्ष शान्ति मल्ल भण्डारीले संयुक्त शिलान्यास समेत गरेका थिए । कामको गुणस्तर,समयमै काम सक्नका लागि नियमित अनुगमन तथा निरिक्षणको कामलाई जोड दिईने उपाध्यक्ष शान्ति मल्ल भण्डारी बताउँछिन् ।

उनले भनिन्,संघ प्रदेशसंग गुठिचौरको पर्यटन प्रर्बद्धनका लागि बजेट माग गरिनेछ । प्रमुख प्रशासकिय गिरीले भने, गुठिचौरको लाग्ना हुदैँ ठाकुरज्यु जोड्ने सडक कुल २८ लाख ४० हजार ४ सय ७७ रुपैया लगानीमा निर्माण हुनेछ ।

सडक निर्माणपछि ठाकुरज्यु प्रर्बद्धनमा ईटा थपिने विश्वास व्यक्त गरे । सडक निर्माणको ठेक्का (के एण्ड पी निर्माण सेवा त्रिपुरासुन्दरी ७ डोल्पा)ले पाएको छ । कुल एक करोडको ठेक्का आह्वान भएपनि अघिघटाउमा निर्माण व्यवसायीसंग २८ लाख ४० हजार ४ सय ७७ रुपैयामा ठेक्का सम्झौता भएको गुठिचौरका प्राविधिक शाखा प्रमुख मीन बहादुर भण्डारीले बताए ।

उनका अनुसार लाग्नादेखि ठाकुरज्यु सम्म पहिलोचरणमा तीन हजार पाँच सय मिटर निर्माण हुनेछ । पहिलो वर्ष ट्रयाक खोल्ने र आगामी वर्षमा स्तरबृद्धि गरेर ठाकुरज्यु सम्मको यात्रालाई सहज बनाउने लक्ष्य रहेको भण्डारीले उल्लेख गरे ।

ठाकुरज्युको प्रर्बद्धनमा जुट्दै गुठिचौर गाउँपालिका

बदलिँदो पोसाकका साक्षी : डम्बर र हिक्मत

ठाकुरज्युको प्रर्बद्धनमा जुट्दै गुठिचौर गाउँपालिका

जुम्लाका किसानलाई भेडा वितरण