१९ दिनदेखि अस्पतालमै शव, अस्पताल निर्देशक र डाक्टर विरुद्ध मुद्धा

आफ्न्तलाई सुरक्षाको व्यवस्था गर्न आदेश

कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी भिमा गुरुङ्ग बलामीको शव १९ दिनदेखि अस्पताल मै छ । उपचारका क्रममा अस्पतालबाट लारवाही भएको भन्दै आफ्न्तहरुले निस्पक्ष छानविन, दोषिमाथी कारवाही र उचित क्षतिपूर्तिको माग राख्दै आएका छन् । आफ्ना माग पुरा नभएसम्म शव नबुझने आफ्न्तले अडान लिएपछि पटक पटक भएका छलफल तथा वार्ताहरु विना निस्कर्ष टुङ्गीएका थिए ।

विरामी भिमा गुरुङ्ग बलामी सामान्य पेट दुखाइ सम्बन्ध समस्या भई हिँडेर कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारका लागि चैत २८ गते अस्पतालमा गएकी थिएन् । पेटमा ३ महिनाको सालनाल रहेकाले सामान्य सफाई गर्नु पर्ने भनि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा विरामीलाई चैत्र २९ गते दिउँसो ३ः०० बजे मृत घोषणा गरिएको थियो ।

मृतकका परिवारले घटनामा संलग्न चिकित्सकमाथी छानविनसहित कारवाही र उचित क्षतिपूर्तिको माग गर्दै घटनालाई अदालत प्रवेश गराएका छन् । वैशाख १६ गते मृतकका जेठाजु नाता पर्ने धन मगरले अन्तर्कालिन आदेश माग गर्दै जिल्ला अदालत सुर्खेतमा निवेदन दर्ता गराएका थिए । कानून व्यवसायी अधिवक्ता सेर बहादुर खत्रीको सहयोगमा पीडित परिवार अदालतको ढोकामा पुगेको थियो ।

अन्तर्कालिन आदेश माग गरिएको निवेदनमा मंगलबार सुनुवाई गर्दै जिल्ला अदालत सुर्खेतले घटनाको गाम्भिर्यता र संवेदनशिलता समेतलाई ध्यान दिँदै दुवै पक्षलाई वैशाख २१ गते छलफलका लागि झिकाउन आदेश दिएको छ । त्यसैगरी मृतका आफ्न्त, परिवार, सहयोगी समेतलाई आवश्यक सुरक्षाको प्रवन्ध मिलाउनु भनि जिल्ला प्रशासन कार्यालय सुर्खेत र सुरक्षा निकायका नाममा आदेश दिएको छ ।

भिमाको सल्यक्रिया गर्नुभन्दा अगाडि स्वास्थ्यकर्मी डा. ललित जङ्ग शाहीसमेत चिकित्सकको समूहले यो केश सामान्य भएकोले चिन्ता नगर्नु भनि घरपरिवारका आफन्तलाई जानकारी दिई सल्यक्रिया कक्षमा लगिएको थियो ।

पटक–पटक उपचारमा संलग्न चिकित्सकको समूहले विरामीको स्वास्थ्य अवस्थाको विषयमा बुझ्दा सामान्य छ भनि जानकारी दिइएको आफ्न्तको भनाई छ । विरामीको सल्यक्रियाको क्रममा विरामीको अवस्थाको विषयमा बिचमा कुनै जानकारी नगराई चैत २९ गते दिन दिउँसो ३ बजेको समयमा उपचारमा संलग्न चिकित्सक डा. ललितजङ्ग शाहीले हतास मानसिकतामा प्रस्तुत भई विरामीको मृत्यु भएको जानकारी गराएको आफ्न्तको भनाई छ ।

मृतक उपचारको क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालका निर्देशक डा. डम्बर खड्का, उपचारमा संलग्न चिकित्सक डा. ललितजङ्ग शाही र प्रदेश अस्पताल कालागाउँ सुर्खेत विरुद्ध दैलेख आठविस नगरपालिका वडा नं. ५ वर्ष ४८ को धन मगरले सुर्खेत जिल्ला अदालतमा रिट दायर गरेका थिए । मृतकको उपचारका क्रममा तयार गरेको स्वास्थ्य परिक्षण प्रतिवेदन झिकाई प्रमाण लगाईपाउँ, शव प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा भएको हुँदा प्रदेश अस्पतालले शवको परिक्षण गर्दा प्रमाण नष्ट हुने गरी शव परिक्षण गर्न सक्ने, अस्पताल निर्देशक तथा उपचारमा संलग्न चिकित्सकले राज्यशक्तिको दुरुपयोग गरी शव पपिरक्षण कार्यलाई प्रभावित गर्न सक्ने भएकाले प्रदेश अस्पताल भन्दा बाहिरको अस्पताल र चिकित्सकबाट शव परिक्षण गराउनुपर्ने, शव परिक्षण कार्यमा राष्ट्रिय मानव अधिकार आयोग र जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट सुस्म निगरानी तथा अनुगमन गर्नु गराउनु भनि अदालतबाट आदेश माग गरिएको छ ।

घटनापछि निस्पक्ष छानविन समितिको माग गरेकोमा कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश अस्पताल कालागाउँ र जिल्ला प्रशासन कार्यालय सुर्खेतसमेत पीडित पक्षको माग पूर्ण रुपमा वेवास्ता गरेको हुँदा घटनाको निस्पक्ष रुपमा छानविन गरी प्रतिवेदन पेश गर्न कर्णाली प्रदेश सरकारका नाममा आदेश माग गरिएको छ ।

अस्पताल निर्देशक र डाक्टर विरुद्ध मुद्धा
अस्पतालका निर्देशक डा. डम्बर खड्का, उपचारमा संलग्न चिकित्सक डा. ललितजङ्ग शाहीसहितका विरुद्धमा जिल्ला अदालत सुर्खेतमा मुद्धा गर्दा भएको छ । वैशाख १७ गते दैलेख आठविस नगरपालिका वडा नं. ५ वर्ष ४८ को धन मगरले सुर्खेत जिल्ला अदालतमा फिराद पत्र दायर गरेका थिए ।

अस्पताल प्रशासन, चिकित्सकको समूह जानीजानी गम्भिर कमजोरी, त्रुटिपूर्ण र लापरवाहीले भिमा गुरुङको ज्यान गएको भन्दै आफ्न्त न्यायको माग गर्दै अदालत गएका हुन । मृतकका नाबालक छोरीको लालनपालन, रेखदेख संरक्षणका साथै उचित क्षतिपूर्तिका लागि अदालतबाटै पीडित परिवारलाई दिलाइ भराई पाऊँ भनि माग दावि गरिएको छ ।

स्वास्थ्य परिक्षण प्रतिवेदन लगायतका प्रमाण नष्ट गर्न सक्ने भएको हुँदा मृतकको स्वास्थ्य परिक्षण प्रतिवेदन झिकाई पाऊँ, विरामीको सल्यक्रिया गर्दाको चिकित्सकहरुको समूहको बारेमा जानकारी दिन प्रदेश अस्पताललाई आदेश गरिपाऊँ, जिल्ला प्रशासन र मानव अधिकार आयोगको प्रत्यक्ष निगरानीमा अर्को अस्पतालबाट शव पोष्टमाटम गराउन आदेश पाउँ भनि माग गरिएको छ । पीडित परिवार र निवेदकको तर्फबाट कानून व्यवसायी अधिवक्ता श्री शेरबहादुर खत्रीले बहस गरेका छन् ।

१९ दिनदेखि अस्पतालमै शव, अस्पताल निर्देशक र डाक्टर विरुद्ध मुद्धा

ऋषि स्मृति प्रतिष्ठानको अध्यक्षमा पूर्ण शर्मा