बालविवाह विरुद्ध सचेतना फैलाउँदै प्रहरी


सुर्खेतमा बालविवाहका घटना बढ्न थालेपछि प्रहरीले बालविवाह विरुद्ध सचेतना अभियान सञ्चालन गरेको छ ।

प्रहरी चौकी मालारानीका प्रहरी सहायक हवल्दार आमेप्रकाश खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले गुर्भाकोट नगरपालिका–१, राम्रीकाँडा टोलमा ‘बालविवाह विरुद्धको सचेतना अभियान’ सञ्चालन गरेको हो ।

राम्रीकाँडाका समाजसेवी सुरेश ओलीको अध्यक्षतामा आयोजित ‘बालविवाह न्यूनीकरण’ सम्बन्धि सचेतनामुलक कार्यक्रममा २० वर्षभन्दा कम उमेरमा हुने विवाहले गरिबी, बालिका बेचबिखन तथा ओसारपसारका घटना हुने गरेकाले सचेत हुन स्थानीय नागरिकसँग प्रहरीले आग्रह गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डिएसपी) लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।

उनले सम्बन्ध विच्छेदका घटनामा वृद्धि हुनु र महिला हिंसाका घटना बर्सेनी थपिनुलाई पनि बालविवाहको नकारात्मक परिणामको रुपमा लिइएको बताए । उनका अनुसार कानूनले रोक्दा–रोक्दै पनि बालविवाह भई रहनुका धेरै कारणहरू मध्ये गरिबी, अशिक्षा र सचेतनाको कमी मुख्य हुन् ।

उता अस्थायी प्रहरी पोष्ट जहरेबाट प्रहरी वरिष्ठ हवल्दार कुमार केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले भेरीगंगा नगरपालिका–९,जहरेमा वडा सदस्य सरिता विकको अध्यक्षतामा बालविवाह न्यूनीकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

जहरेमा भएको कार्यक्रममा बालविवाह विरुद्ध अभियानलाई व्यापक बनाउन स्थानीय समाजसेवीसँगै व्यापारी तथा जनप्रतिनिधिहरूले प्रतिबद्धता व्यक्त गरेका थिए ।

बालविवाहले निम्त्याउने समस्याका बारेमा बालबालिका र अभिभावकलाई जानकारी दिने उद्देश्यले यतिबेला सुर्खेतका ग्रामीण बस्तीहरूमा प्रहरीले सचेतनामुलक कार्यक्रमलाई व्यापक बनाइरहेको छ ।

बालविवाह, बालअधिकार, महिला अधिकार, मानव अधिकारको हनन मात्र नभएर विकास र समृद्धिकै बाधक भएकाले त्यसको उन्मूलनका लागि सरकारसँगै नागरिक पनि सचेत र जागरूक हुन आवश्यक रहेको प्रहरीको भनाइ छ ।

बालविवाह विरुद्ध सचेतना फैलाउँदै प्रहरी

कनकासुन्दरीमा निःशुल्क स्वास्थ्य शिविर

बालविवाह विरुद्ध सचेतना फैलाउँदै प्रहरी

अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने दुई