आफैँले काट्दै गरेको रुखमा च्याएिर एक जना घाइते

आफैँले काट्दै गरेको रुपमा रुखमा च्यापिएर हुम्ला सिमकोट गाउँपालिका– १ को दोजाम गाउँका कुन्जोक लामा गम्भीर घाइते भएका छन् ।

दाउराका लागि रुख काट्ने क्रममा खार्पुनाथ गाउँपालिका– ५ को याङ्चुमा सो घटना भएको हो । दोजामबाट दाउराका लागि किनिएको रुख काट्ने क्रममा ढलेको रुखमा च्यापिएर २२ वर्षीय लामा गम्भीर घाईते भएको सिमकोट गाउँपालिका–१ का वडा अध्यक्ष गोर्खबहादुर लामाले बताए ।

घाईते लामालाई याङ्चुबाट स्टेचरमा खार्पुसम्म ल्याईएको थियो भने त्यताबाट जिल्ला अस्पतालको एम्बुलेन्समा अस्पताल ल्याई उपचार भइरहेको छ ।

लामाको उपचारमा संलग्न चिकित्सकका अनुसार लामाको खुट्टा र हात फ्याक्चर भएको छ । हात खुट्टा फ्याक्चर भएको कारण जिल्ला उपचार गर्न नसकिने भएको कारण घाइते लामालाई जिल्ला बाहिर रिफर गरिएको छ ।

बुधबार फ्लाइट नभएको कारण लामाको उद्धार हुन सकेको छैन । लामालाई अस्पतालमै राखिएको छ ।

आफैँले काट्दै गरेको रुखमा च्याएिर एक जना घाइते

नगरपालिकाले सार्वजनिक जग्गामा डोजर चलाउन खोजेपछि सामान

आफैँले काट्दै गरेको रुखमा च्याएिर एक जना घाइते

लथालिंग हुँदै भेरी करिडोर

This will close in 0 seconds