अन्ततः अदालत पुग्यो कर्णाली एक्स्पो ठेक्का विवाद

उद्योग वाणीज्य संघ सुर्खेतले २६ माघदेखि ५ फागुनसम्म सञ्चालन गर्न लागेको कर्णाली एक्स्पो–२०८० को ठेक्का विवाद अदालत पुगेको छ । संघले मेला व्यवस्थापनको सेवा खरिद प्रक्रिया मिलेमत्तोमा गरेको दावीसहित एजि सर्भिस प्रालिका अध्यक्ष नन्दबहादुर बुढाले उच्च अदालत सुर्खेतमा उत्प्रेषण/परमादेशको माग गर्दै रिट दायर गरेका हुन् ।

बुढाले दायर गरेको रिटमा नेपालको संविधानको धारा १४४ (१) र (२) बमोजिम परमादेशको माग गरिएको छ । संघले पुस २० गते महोत्सव व्यवस्थापन तथा सञ्चालनका लागि आशयपत्र माग गरेको थियो ।

सेवा तथा सामाग्री खरिदमा सार्वजनिक खरिद ऐन २०६३ र नियमावली संशोधनसहित २०७९ ले १० लाखभन्दा बढीको सेवा खरिद तथा २० लाखभन्दा बढीको निर्माण तथा सामाग्री खरिदमा राष्ट्रिय स्तरको पत्रिकामा ३० दिने बोलपत्रको सूचना प्रकाशित गरी खुल्ला प्रतिस्पर्धा गराउनुपर्ने व्यवस्था छ । तर, यी कुनै विधि र प्रक्रिया नगरी गोप्य रुपमा एकै पटक छनौंट गरिएको कम्पनीको आशय स्वीकृतिको सूचना बाहिरिएपछि विवाद सिर्जना भएको थियो ।

इबिडिङ र प्रत्येक्ष गरी ६ वटा आशयपत्र संघमा प्राप्त भएका थिए । जसमध्ये सबैभन्दा कम रकम कबोल गरिएको आशयपत्र ५० लाख थियो भने, बढी कबोल गरिएको ८१ लाख ५० हजार ५ सय ५५ रुपैयाँको थियो । मूल आयोजक संघले भने ६१ लाख रुपैयाँ कबोल गरिएको आशय पत्रलाई छनोट ग¥यो ।

हेटौँडाको कम्पनी ओम शक्ति मूर्ति इभेन्ट एन्ड म्यानेजमेन्टले ६० लाख ६ हजार ६ सय ६६ रुपैयाँ ६६ पैसा कबोल गरेर आशयपत्र पेस गरेको थियो । उक्त कम्पनी र मूल आयोजक सुर्खेत उद्योग वाणिज्य संघबीच ठेक्का आह्वान गर्नुअघि नै छनौंटको लागि चलखेल भएको आरोप रिटमा लगाइएको छ ।

आशयपत्र आह्वान गरेपछि बाँकेको एजी सर्भिस प्रालिले ८१ लाख ५० हजार ५ सय ५५ रुपैयाँ कबोल गरेर आशयपत्र दिएको थियो । आशयपत्रमा सबैभन्दा बढी रकम कबुल गरेको एजीलाई संघको मिलेमतोमा ठेक्का नदिएपछि एजिका अध्यक्ष बुढा अदालत पुगेका हुन् । यस विषयमा जिल्ला प्रशासन कार्यालय सुर्खेतले समेत चासो दिएको छ ।

सम्बन्धित अन्य समाचारहरु :

कर्णाली एक्स्पो–२०८० ठेक्का प्रकरणमा प्रशासनको चासो

सम्पादकीय : सुर्खेत उद्योग वाणिज्य संघले कानून मान्नु पर्दैन ?

कर्णाली एक्स्पो–२०८० को व्यवस्थापन ठेक्कामा चलखेल

अन्ततः अदालत पुग्यो कर्णाली एक्स्पो ठेक्का विवाद

भूकम्प प्रभावितलाई शिखर इन्स्योरेन्सको ११ लाख सहयोग

अन्ततः अदालत पुग्यो कर्णाली एक्स्पो ठेक्का विवाद

YUGAAWHAN NATIONAL DAILY (2080-10-09)