मध्य पश्चिमाञ्चल ट्रक तथा टे्क्टर संघको अध्यक्षमा थानी

सुर्खेत, ६ माघ ।
मध्य पश्चिमाञ्चल ट्रक तथा ट्रेक्टर व्यवसायी संघ सुर्खेतको २५ औं बार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट चेतनकुमार थानीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । बरिष्ठ उपाध्यक्षमा विजय भण्डारी, महासचिवमा मदनकृष्ण सुवेदी, सचिवमा नवराज ढकाल र कोषाध्यक्षमा सुमन लामिछाने चयन भएका छन् ।
सल्लाहकारमा हरि बहादुर विसी, नेत्रमणी कँडेल, रमेश कुमार भण्डारी र अशोक केसीलाई मनोनित गरिएको छ । त्यसैगरी कार्यसमिति सदस्यमा अशोक कुमार शाही, मदन बहादुर थापा, केशव विसी, गंगादत्त बडु, राजेन्द्र प्रसाद सुवेदी, राज कुमार पौडेल, दिलिप कुमार थापामगर, विजय अग्रहरी, शेर बहादुर अधिकारी, मानसिंह कुमाल, टेक बहादुर जिसी चयन भएका छन् ।








