सुर्खेतमा मोटसाईकल दुर्घटनामा एक जनाको मृत्यु

पश्चिम सुर्खेतको बराहताल गाउँपालिकामा वडा नम्बर –५ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार पञ्चपुरी नगरपालिकाबाट सुर्खेतको वीरेन्द्रनगर तर्फ आउँदै गरेकोे बा ८१ प ९८४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार बराहताल गाउँपालिका–५ बस्ने १५ वर्षीय चन्द्र बिकको मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

सुर्खेतमा मोटसाईकल दुर्घटनामा एक जनाको मृत्यु

मध्य पश्चिमाञ्चल ट्रक तथा टे्क्टर संघको अध्यक्षमा