व्यावसायिक कालिज पालनमा पूर्व गाउँपालिका उपाध्यक्ष गंगादेवि उपाध्याय

जुम्लाको तातोपानी गाउँपालिका–४ गौतमबाडा गाउँकी पूर्व गाउँपालिका उपाध्यक्ष गंगादेवि उपाध्यायले एक करोड रुपैयाँ लगानी गरेर व्यावसायिक कालिजपालन गर्दै आएकी छन् ।

स्थानीय तहको पहिलोपटक भएको निर्वाचनमा गाउँपालिका उपाध्यक्ष बनेकी गंगादेवि उपाध्यायले विगत दुई बर्षदेखि कालिजपालन गर्दै आएकी छन् । गंगा २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट तातोपानी गाउँपालिकाबाट निर्वाचित भएर काम गरेका थिइन् ।

जनप्रतिनिधिका रुपमा पाँच बर्ष बिताएपछि पछिल्लो समय उपाध्याय गाउँमै व्यावसायिक कालिजपालन गर्दै आएकी हुन् । अहिले कालिज स्याहारसुसार श्रीमान श्रीमतीको दैनिकी चलिरहेको छ । उनले भनिन्,‘अहिले आफ्नै गाउँमा व्यवसाय गर्न पाउँदा खुसी लागेको छ ।’ गौतम पशुपंक्षि पालन फार्म’दर्ता गरेर कालिज पाल्न सुरू गरेको बताउँछिन् ।राजनीतिमा आएर पाँच बर्ष जनप्रतिनिधिका रुपमा जनताको सेवा गरे,उनले भनिन्,पाँच बर्ष जनप्रतिनिधिका रुपमा काम सकिएपछि के गर्ने भन्ने सोच थियो ।

त्यही सोच अनुसार पशुपंछी फार्म दर्ता गरेर कालिज पाल्न थालेकी हुँ । आफूले धन कमाउने उद्देश्यले भन्दा पनि आत्मसन्तुष्टिका लागि कालिज पालेको उनी बताउँछिन् । म फार्मभित्र पस्नासाथ यी कालिजहरू स्वागत गर्न आइपुग्छन्। उनी भन्छिन्,यी पन्छी निकै प्यारा छन् । यिनका प्वाँख मुसार्न पाउँदा आनन्द लाग्छ ।’

समय यसै खेर फाल्नु हुँदैन, सक्रिय जीवन बिताउनु पर्छ भन्ने मेरो मान्यता हो।हामी जस्ता पदावधि सकिएका मान्छेले गाउँघरमै केही उद्यम गर्न सके युवाहरूका लागि सिकाइ बन्न सक्छ।उनी युवाहरूलाई कृषि–व्यवसाय लाग्न पनि सुझाव दिन्छन् । आफ्नो ठाउँको प्रकृति अध्ययन गरेर उपयुक्त व्यवसाय रोज्न उनको सुझाव छ।आफू जन्मेहुर्केको ठाउँ छोडेर बसाइँ सर्न हतार नगर्नुस्। विदेशको साटो आफ्नै ठाउँमा परिश्रम गर्नुस् ।

उनको सुझाव छ,केही न केही काम थाल्नुस्, ढिलो चाँडो सफल बन्नुहुन्छ।जुनसुकै क्षेत्रमा लागे पनि सक्रिय जीवन बिताउनुपर्छ भन्ने मान्यता अनुसार जनप्रतिनिधिको कार्यकाल सकिए लगत्तै फर्म दर्ता गरेर व्यवसाय सुरु गरेको उनी बताउँछन् । गत वर्ष मात्रै २० लाख सम्म गरिन्। फर्ममा ५ सय कालिज, ६ सय रैथाने कुखुरा र २५ वटा हाँस छन् । प्रति कालिज २ देखि ३ हजार र रैथाने कुखुरा २ हजार देखि २ हजार ५ सय रुपैंयामा बिक्रीवितरण भइरहेको छ ।

चिसो मौसममा चल्ला उत्पादन गरेपनि बचाउन मुस्किल छ।उनका अनुसार तराईको भन्दा चिसो हावापानीमा हुर्केको कालिज स्वादिलो हुन्छ ।’ स्वादिलो हुने भएकैले प्रतिष्ठित उद्योगी–व्यवसायीहरू समेत कालिज किन्न यहीँ आउँछन्,उनले भने।फर्ममा चल्ला निकाल्ने ह्याचरी समेत राखिएको छ ।

फर्मबाट कालिज, कुखुरा निर्यात गरिन्छ। पहिलोपटक २ सय कालिज, २ वटा कुखुराबाट सुरु गरिएको थियो । जुम्लाका सम्बन्धित सरोकारवाला निकायले व्यवसायिलाई प्रोत्साहन गर्न नसकेको गुनासो गरिन् ।

व्यावसायिक कालिज पालनमा पूर्व गाउँपालिका उपाध्यक्ष गंगादेवि उपाध्याय

YUGAAWHAN NATIONAL DAILY (2080-09-25)

व्यावसायिक कालिज पालनमा पूर्व गाउँपालिका उपाध्यक्ष गंगादेवि उपाध्याय

एपीएफ गण्डकीलाई पराजित गर्दै पुरुष राष्ट्रिय भलिबलको