२४ सै घण्टा फोन सेवा : हाँकु लाग्नामा


जुम्लाको तातोपानी गाउँपालिका–४ हाँकुको लाग्नामा रहेको नेपाल टेलिकमको टोवरमा बिजुली बत्ती जडान भएपछि २४ सैं घण्टा फोन सम्पर्क गर्न सकिने भएको छ ।

यसअघि टावरमा सोलार प्यानलको मात्र विद्युत हुँदा घाम लाग्न छाडेमा फोन गर्न नपाइने समस्या थियो । टावरमा बिजुली बत्ती जडान गरेपछि अब दर्जन बढी गाउँमा सञ्चारको समस्या हुने छैन । तातोपानी गाउँपालिका–४ का वडाध्यक्ष अमर रोकायाका अनुसार गिडिखोलाको जाल्पादेवी विद्युत सहकारीबाट विद्युत जडान गरिएको छ ।

यससँगै तातोपानी भित्रका गिडिखोला, पर्थेनी, नियापानी, पाण्डेबाडा, हाँकु, गौतमबाडा, ऐरेनी र चन्दननाथ नगरपालिकाका उमगाड, जातिभिँड, कोटिला, रोकायाबाडा लगाएतका गाउँ सञ्चारको समस्याबाट मुक्त भएका छन् । १५ लाख बजेटमा टावरसम्म विद्युत पु¥याइएको हो ।

गत वर्ष पुसमा लाग्नाको टावरमा दिगो विद्युत व्यवस्थापनको लागि जिल्ला प्रशासनमार्फत नेपाल टेलिकम दुर सञ्चार कार्यालयको ध्यानार्कषण गराइएको थियो । तथापि वर्ष दिनसम्म समस्याको समाधान हुन सकेको थिएन ।

समुन्द्रि सतहबाट दुई हजार आठ सय ५० मिटर उचाईको हाँकु लाग्ना टावरमा गिडिखोलाको जाल्पादेवी विद्युत सहकारीबाट विद्युत पुगेपछि तातोपानी भित्रका गिडिखोला, पर्थेनी, नियापानी, पाण्डेबाडा, हाँकु, गौतमबाडा, ऐरेनी र चन्दननाथ नगरपालिकाका उमगाड, जातिभिड, कोटिला, रोकायाबाडा लगायतका गाउँमा दिन रात सञ्चारको सुविधा पुगेको हो ।

तातोपानी गाउँपालिका–४ को ६ लाख र नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतको नौं लाख ९६ हजार गरि कुल १५ लाख ९६ हजार बजेटमा विद्युत टावर सम्म पुर्याइएको हो । टावरमा विद्युत पुगेपछि मोवाईलमा नेटवर्क भित्र्याउन डाँडा चढ्नुपर्ने र घाम पर्खनु पर्ने बाध्यता अन्त्य भएको नेपाल टेलिकम शाखा जुम्लाका प्रमुख सूर्यप्रकाश यादवले बताए ।

बादल लागेपनि, हिउँ परेपनि लाग्ना टावरको सेवा क्षेत्रभित्र जब सम्म विद्युत अवरोध हुदैन, तब सम्म टावरको दुख हुने छैन् । यद्यपी प्राविधिक समस्या बाहेक विजुलीको समस्या नहुने उनको भनाइ छ ।

२०७७ सालमा निर्माण भएको हाँकु लाग्ना टावरमा घाम लाग्दा मात्रै सुचारु हुन्थ्यो । राती, बिहान र बेलुका नेटवर्क ठप्प हुने समस्याबाट त्यहाँका नागरिकलाई समस्या भोग्दै आएका थिए ।

२४ सै घण्टा फोन सेवा : हाँकु लाग्नामा

भूकम्प प्रभावित जिल्लामा खोप अभियान सञ्चालन हुने

२४ सै घण्टा फोन सेवा : हाँकु लाग्नामा

सडक निर्माण भए पनि अस्पतालसम्म बिरामी बोक्नुपर्ने