भिपिएन जस्ता अवैध माध्यमद्वारा टिकटक प्रयोग नगर्न साइबर ब्युरोको अनुरोध

साइबर ब्युरोले भिपिएन जस्ता अवैध माध्यमद्वारा टिकटकको प्रयोग नगर्न अनुरोध गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले मंगलवार विज्ञप्ति जारी गर्दै पूर्ण रुपमा प्रयोग बन्द गरिएको टिकटक, भिपिएन, र डिएनएस जस्ता असुरक्षित र अवैध माध्यमबाट सञ्चालनमा भएको सूचना प्राप्त भएको भन्दै टिकटक प्रयोग बन्द गर्न अनुरोध गरेको हो ।

अवैध माध्यमद्वारा टिकटकको प्रयोगले प्रयोगकर्ताको महत्वपूर्ण डाटा, व्यक्तिगत तथा बैङ्किङ विवरणहरूमा पहुँच पु¥याई आर्थिक दुरुपयोग र साइबर सुरक्षाका घटना समेत बढिरहेको ब्युरोले जनाएको छ ।

साथै गैर कानुनी सामग्री, चरित्रहत्या, सार्वजनिक नैतिकता, जातीय–भाषिक, तथा धार्मिक सद्भाव भड्काउने किसिमका गतिविधिहरू टिकटकमा पाइएकोले प्रविधिको दुरुपयोग नगर्न नगराउन पनि ब्युरोले अनुरोध गरेको छ ।

भिपिएन जस्ता अवैध माध्यमद्वारा टिकटक प्रयोग नगर्न साइबर ब्युरोको अनुरोध

निजामती सेवा ऐन तत्काल संशोधन नगरे पालिकाको

भिपिएन जस्ता अवैध माध्यमद्वारा टिकटक प्रयोग नगर्न साइबर ब्युरोको अनुरोध

जुम्लामा कुमारी बैंकको १०९ औँ शाखा स्थापना