नियमित उडान नगर्ने जहाजलाई अवरोध गरिने

नेपालगन्जदेखि डोल्पाको जुफाल विमानस्थलमा नियमित यात्रु उडान नगर्ने एयरलाइन्सका जहाजलाई अवतरणमा अवरोध गरिने भएको छ ।

ठूलिभेरी नगरपालिकाको कात्तिक २५ गते बसेको नगर कार्यपालिकाको बैठकले नेपालगन्जदेखि जुफाल विमानस्थलमा चाडवाडको समयमा उडान नगर्ने नीजि एयरलाइन्स तारा एयर र नेपाल वायुसेवा निगमका जहाजलाई नियमित उडान गर्न आग्रह गर्दै, नगरेमा जुफाल विमानस्थलमा अवतरण गर्न नदिइने निर्णय गरेको हो ।

अएयरलाइन्सलाई नियमित उडानका लागि अनुरोध गरिने, बेवास्ता गरेमा स्थानीय सरकारको अधिकार प्रयोग गरी उडान अवतरण गर्नमा अवरोध गरिने निर्णय भएको ठूलिभेरी नगरप्रमुख सचिवालय सदस्यसचिव रेखामान बुढाले बताए ।

नगर प्रमुख श्ववर्ण बुढाले यातायातको छिटोछरितो साधन नै हवाई उडान भएको अवस्थामा अशक्त असहाय विरामीका लागि एक मात्र यातायातको विकल्प हवाई सेवा भएको अवस्थामा नियमित नहुँदा सर्वसाधारणलाई सास्ती भएको बताए । अहिले डोल्पामा एयरलाइन्सको नाममा समिट एयरले मात्र नियमित उडान गरेको बताउँदै हाम्रो आग्रह एयरलाइन्सलाई नियमित उडान गर भन्ने हो, डोल्पालाई अनुकुल समयमा मात्र प्रयोग नगरी प्रतिकुल समयमा समेत प्रयोग गरेर ब्यावसायिक मुनाफासहित मानवीय सेवा गर्न अनुरोध गरिएको उनको भनाइ छ ।

आकलझुकल उडान गर्ने एयरलाइन्सका जहाजलाई जुफाल विमानस्थलमै बाँधेर राख्न समेत पछि नहट्ने नगर प्रमुख बुढाको भनाइ छ । विगतको समयमा यति एयरलाइन्स हुँदै तारा एयरले प्रभावकारी सेवा प्रदान गर्दैआएको भए पनि दसैं–तिहारजस्ता विशेष पर्वको समयमा पूर्वमा उडान नहुँदा नागरिकलाई समस्या पर्नेगरेको प्रमुख बुढाको भनाइ छ ।

नगर कार्यापालिकाको निर्णय गरेर नेपाल वायुसेवा निगमले पनि नियमित उडान कमसेकम निगमको तालिका बमोजिम गर्न समेत आग्रह गरिएको ठूलिभेरी नगरले जनाएको छ । यति एयरलाइन्स नेपालगन्जका स्टेशन म्यानेजर दिलिप कार्कीले बाइस–तेइस बर्षसम्म आफ्नो जहाजले डोल्पालिका लागि नियमित उडान भर्दैआएको तर पछिल्लो समय कम्पनीका जहाज कम भएकाले उडानमा समस्या आएको बताए ।

उनले भने, ‘बाइस बर्षसम्म गरेको सेवालाई केही समय सेवा अभाव भयो भन्दैमा उडान अवरोध गर्ने निर्णय हुनु दुखद हो ।’ स्टेसन प्रमुख कार्कीले नगरले नियमित उडानको लागि र उडान नगरे अवरोध गर्ने भनिएको कुनै पनि ब्यहोराको पत्र प्राप्त नभएको बताए ।

नियमित उडान नगर्ने जहाजलाई अवरोध गरिने

चिसो बढेसँगै हिमाली क्षेत्रका भेडीगोठ बेसी झार्न

नियमित उडान नगर्ने जहाजलाई अवरोध गरिने

चिसोका कारण जाजरकोटमा भूकम्प प्रभावित थप एक