चिसोका कारण जाजरकोटमा भूकम्प प्रभावित थप एक जनाको ज्यान गयो

चिसोका कारण जाजरकोटमा भूकम्प प्रभावित थप एक जनाको ज्यान गएको छ । जाजरकोटको छेडागाड नगरपालिका–१३ थानवाडा निवासी एक महिलाको चिसोका कारण ज्यान गएको हो ।
ज्यान गुमाउने महिला मनसरी कामी १७ गतेदेखि पालमुनि बस्दै आएका थिए । चिसो बढेसँगै बिरामी पर्नु भएकी उनको शनिवार बिहान ज्यान गएको छिमेकी जनकबहादुर खत्रीले जानकारी दिए ।
जाजरकोटका वारेकोट, कुशे र छेडागाड, भेरीका ५३ जनाभन्दा बढी चिसोका कारण बिरामी परेको सम्बन्धित पालिकाका स्वास्थ्य संस्थाहरुको तथ्याँक छ । यो सँगै चिसोका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।






