जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयो

दाङको देउखुरीमा गएराति जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवाका अन्दाजी ३० वर्षीय सन्तराम चौधरीको ज्यान गएको हो ।

काठमाडांैबाट सुर्खेतका लागि छुटेको बा ९ च ७१९८ नम्बरको जीपले रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई राप्ती गाउँपालिका–५ लठ्ठहवा सिङ्गेखोला पुल नजिकै ठक्कर दिएको प्रहरीले जनाएको छ ।

घाइते भएका चौधरीको सिसहनियाँ स्वास्थ्य चौकीमा उपचारका क्रममा ज्यान गएको हो । जीपका चालकलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय सिसहनियाँले भालुवाङ पठाइएको प्रहरीले जनाएको छ ।

जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयो

नवरात्रको छैटौँ दिन: कात्यायनी देवीको पूजा आराधना

जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयो

आहा ! जुम्लाको गुठिचौर उपत्यका

This will close in 0 seconds