हुम्लामा कात्तिक देखि स्याउ टिप्न पाइने

हुम्लाको माथिल्लो क्षेत्रमा कात्तिक १ गतेदेखि मात्र पाकेको स्याउ टिप्न पाइने भएको छ । गुणस्तीय स्याउ बजारमा ल्याउन यो नियम ल्याइएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाईका कार्यालय प्रमुख बिष्णुबहादुर मग्रातीले स्याउ बढी फल्ने तर ढिलोगरी पाक्ने भएकाले माथिल्लो हुम्लामा कात्तिक महिनामा मात्र पाकेको स्याउ टिप्न पाइने नियन लागु बनाएको बताए । उनले स्याउ काँचो नहोस् र गुणस्तरीय स्याउ बजारमा बिक्री गर्न यो नियम लागु गरिएको बताए ।
जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिको बैठकले स्याउ किसानको उपस्थिति कात्तिक महिनामा मात्र स्याउ टिप्न पाउन निर्णय गरिएको हो । माथिल्लो हुम्लामा तीन वटा गाउँपालिका नाम्खा, सिमकोट र खार्पुनाथमा असोज महिनासम्म स्याउ काँचो हुने निष्कर्ष निकाल्दै कात्तिकमा मात्र टिप्ने निर्णय गरेको छ ।
यसअघि पहिलो पटक स्याउको मुल्य प्रतिकेजी ४० रुपियाँ तोकिएको हो । कात्तिकअघि टिपेको स्याउको मुल्यमा भने सो नियम लागु हुने छैन । यसअघि दानाका हिसावले बिक्री भइरहेको कारण सबैतिर स्याउको मुल्य निर्धारण गर्न दबाव आइरहेका बेला मुल्य तोकिएको छ । अब कात्तिक महिनामा टिपेको स्याउको मूल्य प्रतिकेजी ४० रुपैयाँ तोकिएको छ ।
यसअघि हुम्लामा दानाका हिसावले स्याउ बिक्री हुनेगरेको थियो । गाउँमा प्रतिदाना पाचँ रुपैयाँ भए पनि सदरमुकाम सिमकोट भने प्रतिदाना १० रुपैयाँमा स्याउ बिक्री हुनेगरेको थियो ।
यो मुल्य सिजन र बेसिजन पनि उस्तै हुनेगरेको थियो । यसका लागि ६ दानासम्म प्रतिकेजीमा जाने भए ग्रेड र ६ भन्दा बढी दाना प्रतिकेजी बी ग्रेड निर्धारण गरिएको छ । यो मुल्य सदरमुकाम सिमकोटका लागि लागु गरिएको छ । सिमकोट बाहिर भने स्थानीय ढुवानी घटाएर मुल्य निर्धारण हुनेछ ।






