मुसीकोटमा रोकिरहेको मोटरसाइकलामा आगलागी

रुकुम पश्चिम,२० मंसिर ।
जिल्लाको मुसीकोट नगरपालिका– ८ ठोकलाबाङमा रोकिरहेको रा ५ प ७०३३ नम्बरको मोटरसाइकलमा हिजो साँझ आगलागी भएको छ ।
मोटरसाइकल धनी भीमप्रकाश पाण्डेका अनुसार आफूहरुले मोटरसाइकल रोकेर साथीको बिहेमा जान भनेर केही अगाडि बढ्ने बित्तिकै आगलागी भएको बताएका छन् ।
आफूसँगै गएका अरु दुई वटा बाइकमा भने कुनै क्षति नपुगेको उनको भनाइ छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । यस पिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजिव श्रेष्ठले बताए ।
कान्तिपुर





