गाडी, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा

काठमाडौँ,२० मंसिर ।

सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरेको छ । पुसदेखि लागू हुनेगरी ती सामग्रीको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय मंगलबारको मन्त्रिपरिषदले गरेको हो ।

यसअघि आयातमा प्रतिबन्ध लगाइएका यी ४ प्रकारका वस्तुको आयात खुलाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।

‘मुख्यसचिवको संयोजकत्वमा गठित कमिटीले आयातमा गरिएको बन्देज खुलाउन सिफारिस गरेको थियो, आजै बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रस्तावलाई स्वीकृत गर्ने निर्णय गरेको हो, मंसिर २९ पछि आयात खुल्छ’ बडूले भने ।

विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले वैशाख मध्यदेखि १० प्रकारका वस्तुको आयात प्रतिबन्ध लगाएको थियो । तीमध्ये भदौमा ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाई बााकी ४ प्रकारका बस्तुहरु सबै प्रकारका निजी चार पांग्रे सवारीसाधन, १५० सीसीमाथिका मोटरसाइकल, विदेशी तयारी मदिरा र ३ सय डलरमाथिका मोबाइल फोन आयात प्रतिबन्ध लगाएको थियो ।

कान्तिपुर

गाडी, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा

कर्मचारी चढेको बसमा विस्फोट : ७ कर्मचारीको

गाडी, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा

मुसीकोटमा रोकिरहेको मोटरसाइकलामा आगलागी

Leave a comment

Your email address will not be published. Required fields are marked *