पोल्याण्डमा खसेको क्षेप्यास्त्र युक्रेनी रहेको अनुमान

काठमाडौं,१ मंसिर ।

उत्तर एटलान्टिक सन्धी संगठन नेटोका प्रमुख जेन सोल्टेनवर्गले पोल्याण्डमा खसेको क्षेप्यास्त्र युक्रेनको हुनसक्ने बताएका छन्। रूसको क्षेप्यास्त्रको प्रतिरक्षा गर्दा युक्रेनी क्षेप्यास्त्र खसेको हुनसक्ने टिप्पणी सोल्टेनवर्गले गरेको बिबिसीले जनाएको छ। युक्रेनको सीमा क्षेत्र पोल्याण्डको प्रेजवाडोमा बुधबार क्षेप्यास्त्र खस्दा दुई जनाको मृत्यु भएको थियो।

‘युक्रेनले प्रतिरक्षा गर्दा क्षेप्यास्त्र खसेको हुनसक्छ हामी अनुसन्धान गर्दैछौँ,’ उनले भने। तर यसको दोषी रूसनै हुने निष्कर्ष नेटोको रहेको उनले बताएका छन् । रूसले ठूलो क्षेप्यास्त्र प्रहार गर्ने बताएपछि मंगलबार युक्रेनले हवाई प्रतिरक्षा प्रणालीलाई चालु राखेको थियो। रूसले बुधबार किएभमा आक्रमण गरेको थियो।

नेटोले युक्रेनलाई अझै उन्नत हवाई प्रतिरक्षा प्रणालीमा सहयोग गर्ने उनले बताएका छन्। ‘आज मैले नेटो सदस्य राष्ट्रहरू सँगको बैठकबाट रूसका क्षेप्यास्त्रलाई निष्प्रभावी बनाउन युक्रेनलाई आवश्यक उन्नत हवाई प्रतिरक्षा प्रणाली सहयोग गर्न प्रस्ताव गरेको छु,’ नेटो प्रमुखले भने।

सेतोपाटी

पोल्याण्डमा खसेको क्षेप्यास्त्र युक्रेनी रहेको अनुमान

भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बम विष्फोट

पोल्याण्डमा खसेको क्षेप्यास्त्र युक्रेनी रहेको अनुमान

ठुलो जहाजको परीक्षण उडान सफल : पुसदेखि

Leave a comment

Your email address will not be published. Required fields are marked *