चुनाव जिते एम्बुलेन्स थप्ने केसीको प्रतिबद्धता

रुकुम । यहाँको बाँफिकोट गाउँपालिकाको ठाटीमा आइतबार माओवादी केन्द्रले चुनावी सभा सम्पन्न गरेको छ ।
कार्यक्रममा अध्यक्षका उम्मेदवार चन्द्रबहादुर केसीले अध्यक्षमा जितेको खण्डमा थप एउटा एम्बुलेन्स थप गर्ने बताएका छन् ।
उनले वडा नं.१० सबैभन्दा विकट क्षेत्र भएकाले तत्काल रुपमा सडक विस्तारका निम्ति पहल गर्ने समेत बताए । साथै उनले युवाहरुलाई रोजगार दिनको लागि कम्पनीमा लगानी गर्ने समेत बताए ।






