दैलेखको आठबीसमा सकेट वम भेटियो

दैलेख । यहाँको पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिकामा सकेट वम भेटिएको छ ।
वडा नं.–६ रोल भन्ने ठाउँमा आइतबार दिउँसो करिव २ बजे वम भएको आशंकामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
दैलेखका प्रहरी नायव उपरीक्षक भुवनेश्वर शाहले स्थानीयले बारी खनजोत गर्ने क्रममा सकेट बम भेटेको जानकारी दिए ।
शाहका अनुसार वम भेटिएको स्थलमा नेपाली नेपाली सेना, नेपाल प्रहरी सहितको टोली पुगिसकेको छ ।






