‘कोरोनाले लकडाउन हुँदा लोकसेवाको तयारी गर्न पाएँ’

पदम बराल/प्राविधिक सहायक
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सुर्खेत

जहाँ इच्छा, त्यहाँ उपाय । यस्तै भयो पदम बरालको जीवनमा पनि । पढाइ सकेर सरकारी जागिर खाने रहर थियो । तर पनि उनी पढाइ सकेर विभिन्न संघसंस्थामा काम गर्न थाले । काम गर्दा पढ्ने फुर्सद मिलेको थिएन । तर पछिल्लो समय देशमा कोरोना महामारी फलियो । कोरोना कारण देशभर लामो समयसम्म लकडाउन भयो। लकडाउनका कारण उनले काम गर्ने कार्यालय पनि बन्द भए । त्यही बन्द भएको मौकामा उनले लोकसेवा आयोगको तयारी गरे । उनले परक्षिा पनि दिए । अनि परीक्षामा पास भएसँगै गत असोजदेखि उनी सरकारी सेवामा प्रवेश गरेका छन् । हाल खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतमा कार्यरत उनै बरालसँग उनको जीवन भोगाइबारे गरिएको कुराकानीको शारांश यहाँ प्रस्तुत गरिएको छ ।

रमाइलो बाल्यकाल
बुवा भुवनेश्वर बराल र आमा शान्तिसुधा बरालको कोखबाट पदम बरालको जन्म भयो । उनको जन्म २०४६ साल असोज ११ गते दाङको धनौरीमा भयो । उनको बाल्यकाल सुखद् नै वित्यो । उनको परिवार पढेलेखेको थियो । परिवारले नै पढाइलाई पहिलो प्राथामिकता दिन्थ्यो । उनले सानो कक्षा गाउँमै पढे । तर उनले रात्रीकालिन कक्षा पढेका हुन् ।

५ कक्षासम्म बरालले धनौरी माविमा पढे । उनका बुवाले २०४७ सालमा बाणिज्य बैंकमा नाम निकालेर कैलाली गएपछि बुवाँसँगै उनी पनि कैलालीमा नै बसे । त्यसपछि बुवाको सरुवा भएर बाँके आएपछि उनले फेरी बाँकेमा मंगलप्रसाद विद्यालयमा ५ कक्षादेखि पढाइ शुरु गरे ।

अनि ६ कक्षादेखि धम्बोजी माविमा पढेका उनलाई फेरि नीजि विद्यालयमा २ कक्षा घटुवा गरेर पढाइयो । शुरुमा त उनलाई पढ्न धेरै गाह्रो भयो । पछि उनको पढाइमा सुधार आयो । बगैचा रोप्ने र साहित्यिक रचना गर्न रुची राख्ने उनी मिलनसार स्वभावका थिए ।

कक्षामा सधै प्रथम
उनका बुवाले सधै पढाइप्रति चासो दिन्थे । त्यही भएर नै पदमले पनि पढाइमा धेरै मेहेनत गर्थे । त्यसपछि उनी कक्षामा सधैं प्रथम हुन थाले । उनले २०६२ सालमा एसएलसी पास गरेका हुन् । एसएलसीमा पनि उनको ६५ प्रतिशत अंक आयो । धेरै उत्साहित भएका बरालले प्लसटुमा विज्ञान विषय लिएर पढ्ने निर्णय गरे ।

प्लसटु पढ्ने भनेर उनी काठमाडौं गए । उनी केही समय बिरामी परेपछि फेरि फर्किएर बाँके आए । अनि उनले महेन्द्र नमुना उच्च माध्यमिक विद्यालयमा विज्ञान विषय लिएर पढ्न शुरु गरे । बुवाको जागिर भएकाले धेरै अभाव झेल्नु परेन । तर महेन्द्र नमुना उच्च माविमा राजनीतिक क्रियाकलाप धेरै हुने र पढाइ कम हुने भएपछि उनले पहिलो बर्ष घरमा नै स्वअध्ययन गरेर पास गरेका हुन् । उनले २०६५ मा विज्ञान विषयबाट प्लसटु पास गरे ।

कृषिविज्ञ बन्ने लक्ष्य अधुरै
प्लसटु पास भएपछि बरालको लक्ष्य भनेको कृषिविज्ञ भन्ने थियो । त्यसका लागि बायोटेक्नोलोजी पढ्न भन्दै काठमाण्डौं गए । तर बायोटेक्नोलोजी पढ्न महँगो थियो । उनी भन्छन, “बायोटेक्नोलोजी पढ्न धेरै खर्च लाग्छ भनेपछि मैले आँट नै गर्न सकिनँ, अनि मैले खाद्य प्रविधिमा राम्रै हुने देखेपछि त्यही विषय पढेँ ।” जागिरको लागि सुनिश्चित देखिएपछि उनले २०६९ मा यो विषयको पढाइ सके ।

नीजि क्षेत्रको काममा सक्रिय
उनले शुरुमा त तीन महिनासम्म द्वन्द्वपीडितहरुलाई आत्मनिर्भर बनाउने एउटा परियोजनामा काम गरे । उनले ती द्वन्द्वपीडितका लागि कृषि सम्बन्धि तालिम दिए। त्यही तालिम लिएर केही व्यक्तिहरु आत्मनिर्भर पनि भइरहेका छन् । बरालले त्यसपछि एउटा चाउचाउ उद्योगमा ६ महिनासम्म काम गरे ।

धेरै ठाउँमा उद्योग स्थापना कसरी गर्ने, कृषिमा कुन प्रविधिको प्रयोग गर्ने भन्ने सन्दर्भमा उनले कार्ययोजनासमेत बनाउने गर्थे । गुल्मीमा रहेको एउटा तरकारी तथा फलफुल प्रशोधन उद्योग स्थापनामा उनको बौद्धिकता प्रयोग भएको छ । त्यो उद्योग स्थापनामा उनले सहयोग गरेका हुन् । त्यसपछि उनले नेपालगंजमा गोल्छा अर्गनाइजेसनमा पनि एकबर्ष काम गरे ।

लगत्तै नेपाल सरकारको परियोजनामा प्रशोधन सम्बन्धि काम जानेको मानिस चाहिएपछि डेढ बर्ष साना तथा मझौला अभिवुद्धि सम्बन्धिको काम डेढ बर्षसम्म गरे । त्यतिबेला पनि उनले तालिम दिने काम गरेका थिए । फेरी डेढ बर्ष नेपाल सरकारकै खाद्य परियोजनामा काम गरेका उनले नयाँ उद्योग गर्नेहरुलाई तालिम दिने काम गरेका थिए ।

अनि सरकारी जागिर
सरकारी परियोजनाको काम गर्दैगर्दा लोकसेवा आयोगले प्राविधिक सहायक पदमा विज्ञापन आव्हान गरेको थियो । उनले आफ्नो जागिर गर्दै लोक सेवाको तयारी पनि गरे । कोरोनाका कारण सबै कार्यालयहरु बन्द भएपछि उनले घरमा बसेर लोकसेवाको तयारी गर्ने मौका पाए ।

अनि २०७८ साल असोजमा उनले सरकारी सेवामा प्रवेश गरे । भर्खरै नाम निकालेर सरकारी सेवामा लागेका उनी हरेक क्षेत्रमा सफल भएको अनुभव गर्छन् । उनी अहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तरगत सुर्खेत कार्यालयमा प्राविधिक सहायक÷खाद्य निरीक्षक पदमा कार्यरत छन् ।

खाद्य ऐन सुधार होस्
उनी सरकारी सेवामा प्रवेश गरेको धेरै समय त भएको छैन । तर देशमा लामो समयदेखि खाद्य ऐन २०२३ नै लागु छ । विगतकोभन्दा मानिसहरुले खाद्यन्न प्रयोग गर्ने शैली मात्र परिवर्तन भएको छैन ।

यस सम्बन्धिको अवधारणासमेत परिवर्तन भइसकेको छ । त्यसैले यो ऐन संशोधन हुनुपर्ने उनको सुझाव छ । जसले गर्दा काम गर्नसमेत समस्या भएको भन्दै यो ऐन संशोधन गरेर जानुपर्ने उनी बताउँछन् ।

‘कोरोनाले लकडाउन हुँदा लोकसेवाको तयारी गर्न पाएँ’

जनयुद दिवसको अबसरमा शहिद परिवारलाइ ‘पितलको गाग्री’

‘कोरोनाले लकडाउन हुँदा लोकसेवाको तयारी गर्न पाएँ’

कर्णाली प्रदेश आयुर्वेद औषधालयमा सेवाग्राहीको भिड, अस्पताल

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds