अनेरास्ववियू हुम्ला अध्यक्षमा सन्ज्याल

सुर्खेत : नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको हुम्ला अध्यक्षमा जयराज सन्ज्याल निर्विरोध निर्वाचित भएका छन्। हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा बिहीबार आयोजित अधिवेशनबाट सन्ज्याल निर्विरोध निर्वाचित भएका हुन्।

त्यस्तै अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुनिता बरालको प्रमुख आतिथ्यमा आयोजित ११ औं अधिवेशनले सन्ज्यालको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत नेतृत्व चयन भएको अनेरास्ववियूका निवर्तमान जिल्ला अध्यक्ष गणेश भण्डारीले जानकारी दिए।

जिल्ला कमिटीमा उपाध्यक्षमा छक्क लामा, सचिवमा अर्जुन शाही, सहसचिवमा हस्त धामी र कोषाध्यक्षमा अनिता परियार निर्विरोध निर्वाचित भएका छन्।

अनेरास्ववियू हुम्ला अध्यक्षमा सन्ज्याल

लिकटेन्स्टाइनको पोस्टमा जर्मनीको ९ गोल

अनेरास्ववियू हुम्ला अध्यक्षमा सन्ज्याल

साहित्यकार परिचयपत्र वितरण हुँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *