लिकटेन्स्टाइनको पोस्टमा जर्मनीको ९ गोल

जर्मनी १० खेलाडीका सिमित लिकटेन्स्टाइनलाई विश्वकप छनोटमा ९–० ले पराजित गरेको छ । यसअघि नै कतार विश्वकपका लागि छनोट भइसकेको जर्मनीले हान्सी फ्लिकले प्रशिक्षणमा लगातार ६ खेल जितेको हो । डिफेन्डर निकलास सुलेलाई कोभिड संक्रमण भएपछि फ्लिकले टोलीमा ५ खेलाडी परिवर्तन गरेका थिए ।

घरेलु मैदानमा जर्मनीलाई जित दिलाउने क्रममा थोमर मुलर र लिरोय साने दुबैले १०–१० गोल गरे । खेल सुरु भएको १० मिनेटभित्रै लियोन गोरेट्ज्कालाई टाउकोमा फल गरेपछि छजेन्स होफर रातो कार्ड खाँदै बाहिरिए । त्यसपछि प्राप्त पेनाल्टीलाई म्यानचेस्टर सिटीका इल्के गुन्डोगानले गोलमा परिणत गरे ।

खेलको २० औं मिनेटमा डेनियल कौफम्यानले आत्मघाती गोल गरेपछि लिकटेन्स्टाइन थप दबाबमा प¥यो । २२ औं मिनेटमा लिरोय साने र २३ औं मिनेटमा मार्को रिअसले गोल गर्दा जर्मनीले पहिलो हाफमै ४–० को अग्रता लियो ।
दोस्रो हाफमा जर्मनीले थप ५ गोल गरेको थियो ।

लिकटेन्स्टाइनको पोस्टमा जर्मनीको ९ गोल

आफ्नो देशमाथि प्रतिबन्ध लगाए युरोपको ग्याँस आपूर्ति

लिकटेन्स्टाइनको पोस्टमा जर्मनीको ९ गोल

अनेरास्ववियू हुम्ला अध्यक्षमा सन्ज्याल

Leave a comment

Your email address will not be published. Required fields are marked *