पाण्डेको नेतृत्वमा एनसिई नेपाल प्रदेश समन्वय समिति गठन 

सुर्खेत : शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल)ले कर्णाली प्रदेशमा तुलाराम पाण्डेको संयोजकत्वमा प्रदेश समन्वय समिति गठन गरेको छ ।

कोभिड महामारीमा विद्यालय पुनःसंचालन र सिकाइ निरन्तरताको अवस्था र प्रदेशको तयारी विषयक प्रदेश स्तरीय छलफल कार्यक्रमको अवसरमा ७ सदस्यीय समन्वय समिति गठन गरेको हो ।

संस्था नै सदस्य रहने प्रावधानअनुसार गठित प्रदेश समितिमा संयोजक पाण्डे( किडार्क)कालिकोटका तर्फबाट प्रतिनिधित्व गर्नुभएको हो । यसैगरी, समितिको सह–संयोजकमा मधुरानी ढकाल (सुर्खेत), सचिवमा हिक्मत नेपाली (सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेख ) र कोषाध्यक्षमा रजनी योगी चयन भएका छन्।

यस्तै, सदस्यहरुमा राजेन्द्र सहकारी (कालिकोट),तेज सोनाम (सुर्खेत),भुपेन्द्र प्रसाद कडेल (सुर्खेत) रहेका छन् । प्रदेश संंयोेजकदेखि सदस्यसम्मका सबै सर्वसम्मत निर्वाचित भएका हुन् ।
देशभर साढे तीन सयभन्दा बढी संघ–संस्थाहरुको सञ्जालका रुपमा क्रियाशील एनसिई नेपाल मुलुक संघीय संरचनामा रुपान्तरण भएसँगै प्रदेश र जिल्ला तहमा बिस्तार हुँदै आएको छ । कर्णाली प्रदेश समन्वय समितिले केन्द्रसंग परामर्श गरी अन्य जिल्लाहरुमा शाखा विस्तार गर्नका लागी पहल गर्ने निर्णय पनि गरेको छ ।

हाल प्रदेशभर दैलेख,सुर्खेत र कालिकोटमा एनसिई नेपाललेकार्यक्रम सञ्चालन गरेको छ । कर्णाली प्रदेशमा समिति गठन भएसंगै सातवटै प्रदेशमा समन्वय समिति रहेको एनसिई नेपालको अहिलेसम्म २८ जिल्लामा समन्वय समिति गठन भइसकेको छ ।

पाण्डेको नेतृत्वमा एनसिई नेपाल प्रदेश समन्वय समिति गठन 

मुख्यमन्त्री शाहीबाट जनगणनाको शुभारम्भ

पाण्डेको नेतृत्वमा एनसिई नेपाल प्रदेश समन्वय समिति गठन 

पल र पूजाको म यस्तो गीत गाउँछु

Leave a comment

Your email address will not be published. Required fields are marked *