पल र पूजाको म यस्तो गीत गाउँछु २ माघ १९ मा

काठमाडौं : सुदर्शन थापाको निर्देशन तथा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म म यस्तो गीत गाउँछु २ को प्रदर्शन मिति तय भएको छ। कोरोनाका कारण पहिले तोकिएको मितिमा प्रदर्शनमा आउन नसकेको फिल्म आउँदो माघ १९ देखि प्रदर्शनमा आउने भएको हो।

निर्देशक थापाले बिहीबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत फिल्मको नयाँ प्रदर्शन मिति सार्वजनिक गरेका हुन्। कुनै एउटा फिल्म मात्र नभएर सिंगो फिल्म उद्योग नै चलायमान हुनु अहिलेको आवश्यकता रहेको भन्दै म यस्तो गीत गाउँछु २ु प्रदर्शनमा ल्याउन लागिएको उनले जनाएका छन्।

निर्देशक थापा र अभिनेत्री पूजाले संयुक्त रूपमा निर्माण गरेको फिल्म यसअघि २०७६ फागुन ३० देखि प्रदर्शनमा ल्याउने तयारी भइरहेको थियो। कोरोनाका कारण प्रदर्शन स्थगित गर्नुपरेको फिल्म झण्डै २ वर्षपछि प्रदर्शनमा आउन लागेको हो।

सुदर्शन थापाकै निर्देशनमा बनेको ुम यस्तो गीत गाउँछुुलाई दर्शकले मन पराएका थिए। उक्त फिल्ममा पनि पल र पूजा मुख्य भूमिकामा देखिएका थिए।

पल र पूजाको म यस्तो गीत गाउँछु २ माघ १९ मा

पाण्डेको नेतृत्वमा एनसिई नेपाल प्रदेश समन्वय समिति

पल र पूजाको म यस्तो गीत गाउँछु २ माघ १९ मा

सर्वोच्चको मुल गेटमा धर्नामा बसे कानून व्यवसायी

Leave a comment

Your email address will not be published. Required fields are marked *