तालिबानका सर्वोच्च नेता पहिलोपटक सार्वजनिक

तालिबानका सर्वोच्च नेता हैबातुल्ला अखुन्दजादा शनिबार कान्दहार प्रान्तमा पहिलोपटक सार्वजनिक रूपमा देखा परेका छन्।
उनले अफगानिस्तानको दक्षिण भागमा पर्ने कान्दहारमा समर्थकहरूलाई सम्बोधन गरेका थिए। अखुन्दजादा सन् २०१६ देखि इस्लामवादी आन्दोलनका प्रमुख रहँदै आएका थिए।

अगस्टमा तालिबान समूहले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि पनि उनी सार्वजनिक भएका थिएनन्। तालिबान सरकारमा उनको भूमिकाका बारेमा अनुमान लगाइएको छ। उनको मृत्यु भएका हल्ला पनि फैलिएका थिए।

शनिबार उनले दारुल उलूम हकिमा मदरसाको भ्रमण गर्दै आफ्ना लडाकुहरूसँग कुरा गरेको तालिबान अधिकारीहरूले बताएका छन्। सन् २०१६ मा अमेरिकी ड्रोन हमलामा परी तालिबानका प्रमुख नेता मुल्ला अख्तर मन्सुर मारिएपछि अखुन्दजादालाई तालिबानका नेता नियुक्त गरिएको थियो।

तालिबानका सर्वोच्च नेता पहिलोपटक सार्वजनिक

आइतबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घट्यो 

तालिबानका सर्वोच्च नेता पहिलोपटक सार्वजनिक

प्रेस सेन्टर नेपाल रुकुम पश्चिमको अध्यक्षमा गौतम

Leave a comment

Your email address will not be published. Required fields are marked *