नगर सभापतिमा युवा नेता विष्टकाे उम्मेदवारी, तेस्रो पार्टी पहिलो वनाउने लक्ष्य

दुर्गा विसि /भाद्र १८, सल्यान ।

नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिरमा ९ बाट तोकिएको छ। लामो समयको रस्साकस्सी पछि हुन लागेको महाधिवेशनको आरम्भ भने यही १८ गते वडा अधिवेशनबाट हुँदैछ। सल्यान पश्चिममा नगर सभापति देखि १२ वटै वडाहरुमा वडा सभापति हुदै प्रतिनिधि हुनेहरुकाे दौडधुप वढिरहेकाे छ ।

जिल्लामा नेपाली कांग्रेस दुई खेममा विभाजित भए जस्तै यहाँ बनगाड कुपिण्डे नगरपालिकामा पनि कांग्रेस दुई धारमा विभाजित भएको छ । यही क्रममा बनगाड कुपिण्डे नगरपालिकाकाे नगर सभापतिकाे नेतृत्वका आकंक्षीहरुले धमाधम उम्मेद्वारी घोषणा शुरु गरेका छन्। २ महिना अघि नगर सभापतिमा उम्मेदवारी घाेषणा गरेका दुर्गा खड्का भने अहिले गुर्म्रामा छन् ।खासै कार्यक्रता माझमा उपस्थिति भएको देखिदैन ।

त्यसै क्रममै नगर सभापतिमा खिमलाल वुढाथाेकि,दिपेन्द्र विष्टकाे उम्मेदवारी घाेषणा भएको छ । विष्टले पनि अाफ्नाे उम्मेदवारी नै नगर सभापतिकाे ससक्त उमेद्वारि भएको दावि गरेका छन् ।२०७४ सालकाे स्थानीय चुनावमा नेकपा एमाले र नेपाली कांग्रेसको समिकरण अनुसार चुनावी तालमेल भएको थियोे ।तर अर्को पक्षयले भने पार्टीको अाधिकारिता नभइ, बैठक नवसि विष्टको मनाेमनिमा मात्रै याे सहमति भएको भन्दै कांग्रेसकै फरक धारले विष्टलाइ पुर्ण असहयोग गरेका कारण उप-मेयरमा पराजित हुनुपरेको थियोे ।

एमाले र कांग्रेसको प्रमुख,उप प्रमुख र वडा तहमै जहाँ सम्भावना रहन्छ त्यहाँ समेत सहमति गरि वडास्तरमै मिलेर चुनावी तालमेल हुने गरि सहमति भएको थियोे । तर वडामा अध्यक्षका आंकाक्षी धेरै भएका कारण दुई पार्टीको वडा स्तरकाे समिकरणमा त्यो सहमति लागू हुन सकेन ।केवल सहमति वन्याे कांग्रेसले उप मेयर र एमालेले मेयरकाे ।कांग्रेस भित्रकाे किचलोका कारण विष्टले पराजय भाेग्नु परेकाे सबैलाई जगजाहेर छ ।

दुई पार्टीको समिकरणका एमाले तर्फबाट मेयरका उमेरद्वारा गाेविन्द कुमार पुनले झिनाे मतले चुनाव जिते भने विष्टले करिव ४ सय मत कम ल्याइ पराजित भए ।हाल विष्ट अाफु पार्टीको नीति विधि,विचार र सहमतिमै समिकरण गरेर चुनावमा गएको तर पार्टी भित्रका साथीहरूबाट नै धाेका खाँदा पराजय भाेगेकाे टिप्पणी गर्छन् ।विष्टले सामाजिक सञ्जाल मार्फत अहिले पनि घेरावन्दिमा पारिएको दुखेसो छ । यहाँका कम्युनिस्टहरुसँग लडे,भिडे कांग्रेस वचाए ।आज मै माथि कांग्रेस सकाएको अाराेप छ ।

म यसलाई सिधै अस्विकार गर्छु । द्वन्द्व अवस्थामा धेरै साथिहरु लुकेर छिपेर वस्नु भयो,तेतिखेर उहाँहरु कुन कमिटीमा हुनुहुन्थ्यो ? पार्टी कहाँ थियोे । कस्तो अवस्थामा गुर्जीको थियोे ।याे सबैलाई थाहा छ ।हाल आएर मेराे चाहाना अनुसार नगर सभापतिमा उठ्ने याेजनाअनुरुप कतै घेरावन्दि जालसाजी,झुठो खेतीपाती भैरहेको छ ।

यसलाई चिर्न पुन: पनि म आग्रह गर्छु ।निकै त्याग दुख गरेर निर्माण गरेको याे पार्टी प्रती यति ठुलो लांन्छाना लगाउनु कतिकाे हास्यास्पद हाेला । जाेखिम माेलेर,घरखेति सकाएर वनाएको यो पार्टी प्रति मेराे अथाह माया लगाम छ । अनि म कसरी पार्टी प्रती गद्दारि गर्नु सक्छु ।यस्ता वायत वकवास कुराका पछि नलाग्न विष्टले सामाजिक सञ्जालबाटै अाह्वान गरेका छन् ।

द्वन्द्वगत अवस्थामा २०५५/०५६ मा कक्षा ६ म पढ्दै गर्दा नेविसंघ हुदै पार्टीको राजनीतिमा सक्रिय विष्ट अहिलेसम्म राजनीतिमा उतिकै भुमिका छ ।सानै कलिलो उमेर देखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय विष्ट पार्टीको निम्ति हाेलटाइमर नै देखिन्छन् ।नगर सभापतिका अरु आंकाक्षी तेति प्ररिस्पर्धी होइन जाे अाफु प्रतिका झुठो सफेतका विषयमा सामाना गर्ने उनको भनाइ छ ।

२०५९ मा देवस्थल जरागौराबाट वाइसीएलको जथाले वाेरामा बाँधेर भेरि नदिमा फाल्दै गर्दा फुत्केर भागेर माल्पे डाँडाेमा पुगेर वचेकाे हु ।म पार्टी निर्माणकार्यमा हिडेकै वेला यस्ता धेरै दुख खेप्नुपरेको छ।धेरै पटक हाप्प पैन्ट्सं्गै बनगाड खाेलातिरमा अावत जावत गर्दा पार्टीकै लान्छनामा धेरै पटक कुटाइ खाएको छु । सिधा्याए नेपाली कांग्रेस सकिन्छ भन्ने अझै अन्य राजनीतिक यहाँका दलिय अगुवाहरुकाे वुझाइ छ ।

अब पार्टी भित्रका गल्त प्रवृतिका विरुद्ध लड्दै नगरमा पार्टीलाई पहिलो वनाउने वाहेक मेराे अरु कुनै लक्ष्य छैन । द्वन्द्वगत अवस्थामा जजर पार्टीलाई सामाल्न यहाँ सम्म अाउदा मेराे घर,मेराे परिवारकाे वास्ता नगरि अाज जे गरे पनि पार्टीकै निम्ति मेराे समय सकिएको छ ।मेरो एउटै लक्ष्य छ तेस्रो पार्टी पहिलो वनाउनका लागि नगरमा अाफ्नाे उम्मेदवार रहेको विष्टको दावि छ ।

अाज पनि पार्टीकै लागि जीवन दिएको छु भाेलि पनि यही हुनेछ। यसरी पार्टीलाई झन मजवुद र वलियाे वनाउनका निम्ति विष्टले उम्मेदवारी घाेषणा भएको जनाउछन । नेपाली काङ्ग्रेससँग आवद्ध कृयासिल सबैलाई विष्टले अपिल गरेका छन् । बिगत २०७४ सालको स्थानिय निर्बाचनमा नेकपा एमाले संगको चुनावी समीकरण नेपालि कांग्रेस जिल्लाकार्य समिती र नगर कार्य समितिले गरेको निर्णय लाई विष्टले अाफ्नाे एकल निर्णय भनेर प्रचारबाजि प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

आगामि १४औ माहाधिबेसन प्रतिनिधि प्रभावित पार्ने उदेश्यले गरिएका प्रचार बाजि प्रति उनको कडा गम्भीर आपत्ती रहेको छ । नेपालि कांग्रेस प्रति आस्थावान सबैलाई कसैको भ्रम र प्रभावमा नपरि सहि र सबल नेतृत्व चयन गर्ने आफ्नो सो विवेकिय आधिकारको प्रयोग गर्ना उनको आवान छ ।

हाल आएर पार्टी तहसनहस पारेको एकल ढंगले सञ्चालन गरेको जस्तो गल्त प्रचार भएको प्रती दुख व्यक्त गर्दै विष्टले कस्तो अवस्थामा रहेको याे पार्टी यहाँसम्म अाउनुमा कस्काे कति याेगदान रहेको छ भनेर धेरै चर्चा परिचर्चा गरिरहन जरुरी नभएको उनको भनाइ छ । सबै चिज पार्टी नै हो भनेर जिवनकाे दुई दशक उर्जावाण समय त्यसैमा व्यतीत भएको तर हाल अाएर केही अमुक व्यक्तिहरु मेराे राजनीति जीवन नै समाप्तिकाे दिशामा पिछा लागेको प्रती खेद प्रकट गर्दैछु ।अन्तमा अशन्न १४ औं महाधिवेशनमा यश नगरकाे सभापतिमा उम्मेदवारी घाेषणा गर्दै सबै पक्षसँग युवा,निडर हक्कि स्वभावका स्थानीय नेता विष्टकाे अाह्वान रहेको छ ।

नगर सभापतिमा युवा नेता विष्टकाे उम्मेदवारी,  तेस्रो पार्टी पहिलो वनाउने लक्ष्य

कर्णालीमा कार्यकर्ता तान्ने र जोगाउने दौडमा नेताहरु

नगर सभापतिमा युवा नेता विष्टकाे उम्मेदवारी,  तेस्रो पार्टी पहिलो वनाउने लक्ष्य

नेकपा (एस) पार्टीको ३० गते हुने भेलाको

Leave a comment

Your email address will not be published. Required fields are marked *