नेकपा (एस) पार्टीको ३० गते हुने भेलाको प्रारम्भिक तयारी

दुर्गा विसि/ भाद्र २१, सल्लीबजार ।
नेकपा समाजवादी पार्टीले यहि ३० गते हुने भेलाकाे तयारी स्वरुप प्रारम्भिक भेला गरेको छ । सल्लिवजार अायाेजित उक्त प्रारम्भिक भेलाले उक्त दिनकाे भेला वृहत् वनाउने जनाएको छ । कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाकाे प्रमुख अातिथ्यमा हुने कार्यक्रम सफल पार्न सबै समुदाय,शुभचिन्तक, पार्टी कार्यकर्ता जनवर्गीय संगठनहरुमाझ विशेष अाह्वान गरेको छ ।

अाज बसेकाे उक्त पार्टीको प्रारम्भिक भेलाकाे नगर संयोजक रविराज शर्माको सभा अध्यक्षतामा भएको कार्यक्रम प्रदेश सदस्य गणेश विसि,जिल्ला कमिटी सदस्यहरु टाेपवहादुर विष्ट, अतिराम नेपाली, शान्त कुमार यरि,घनवहादुर पुन, विजय नेपाली, तुङ्ग विसि, पुष्कर विसि, टेकेन्द्र विसि,हरिहर कुवँर लगाएतका नेताहरुकाे उपस्थिति रहेको थियोे ।

नेकपा एकीकृत समाजवादि पार्टीको भेलालाई वृहत् वनाउने लक्ष्य सहित प्रारम्भिक भेला अायाेजना गरिएको उक्त कार्यक्रम प्रमुख अतिथि गणेश विसिले जनाए ।३० गते हुने पार्टीको भेलालाई सफल पार्न विसिकाे अाम कार्यकर्तालाई अपिल गरिएको छ ।संयोजक शर्माको सभा अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन दोर्ण यरिले गरेका थिए ।






