२०८२ चैत्र ५ गते
×

Now Playing

आकाशमै जुधे दुई विमान

एजेन्सी । दुई विमान आकाशमै जुधेका छन् । यो घटना अमेरिकाको कोलोराडोको आकाशमा बुधबार भएको हो । रोचक पक्ष यो छ कि दुवै विमानका चालक सकुशल छन् ।

विमान आकाशमा जुधेपछि उनीहरुले आकस्मिक अवतरण गर्ने सफलता पाए । जुधेको मध्ये एउटा विमान दुई टुक्रा हुनै लागेको थियो । धन्न जमिनसँग पुग्न भ्यायो र चालक बचे ।

दुई विमानमध्ये एउटामा चालकले प्यारासुटको प्रयोग सही तरिकाले गरे । उनले विमनलाई विस्तारै झार्न सके । त्यसपछि विमानमा रहेका दुवैजना निस्किएका थिए । अर्को विमानमा एकजना मात्र थिए । उनी पनि बाँच्न सफल भए ।

घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ । कुन विमान दोषी हो अनुसन्धान बढाइएको हो । प्यारासुटबाट विमानलाई विस्तारै झारिएको घटना अहिलेसम्म जानकारीमा नआएको एकजना अधिकारीले बताएका छन् ।

आकाशमै जुधे दुई विमान

कार्टुन : ठाकुर निवास

आकाशमै जुधे दुई विमान

मन्त्रिपरिषद्मा पुरानै अनुहारलाई निरन्तरता दिँदै ओली

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds