गुट भेलामा जानेलाई कारबाही गर्ने बालुवाटार बैठकको निर्णय

काठमाडौं । नेकपा एमालेका संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्‍न सांसदहरुलाई निर्देशन दिएको छ ।

बालुवाटारमा बसेको बैठकले पार्टी बाहेक अरुले बोलाउने भेलामा नजान सांसदहरुलाई निर्देशन दिइएको हो ।

गुट भेलामा जानेहरुलाई आत्मलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ ।

तर, दलको बैठकको निर्णय नमाने कार्बाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिइएको छ ।

‘पार्टी निर्णय नमानेमा विधान अनुसार, स्पष्टिकरण र कार्बाहीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ’, बैठकमा सहभागी एक सांसदले  भने ।

यता, आजकै बैठकले संसदीय दलको बोर्ड गठन र विधान संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

गुट भेलामा जानेलाई कारबाही गर्ने बालुवाटार बैठकको निर्णय

संसदीय दलको विधान संशोधनको प्रस्ताव तयार पार्न

गुट भेलामा जानेलाई कारबाही गर्ने बालुवाटार बैठकको निर्णय

सुहाना भन्छिन्–‘निखारिएपछि बाहिरी टिमको फिल्म गर्छु’

Leave a comment

Your email address will not be published. Required fields are marked *