सुहाना भन्छिन्–‘निखारिएपछि बाहिरी टिमको फिल्म गर्छु’

नायिका सुहाना थापाले चलचित्र ‘डिसेम्बर फल्स’को प्रस्ताव स्विकार गरिनन् । बरु, उनी आफ्नै ब्यानरमा बनिरहेको चलचित्र ‘ए मेरो हजुर ४’मा नै व्यस्त छिन् ।

पहिलो चलचित्र ‘ए मेरो हजुर ३’मा काम गरेपछि सुहानाको अभिनयको सर्वत्र प्रशंसा भयो । यसपछि, उनलाई बाहिरी ब्यानरको चलचित्रबाट पनि अफर नआएको होइन ।

तर, सुहानाले आजसम्म बाहिरी ब्यानरका चलचित्रमा मन बनाएकी छैनन् । के सुहानाले घरकै चलचित्रमा मात्र आफूलाई अगाडि बढाउने हुन् त ? भन्ने प्रश्नमा उनले भनिन्–‘मसँग मलाई निकै साथ दिने टिम छ ।

मसँग मेरो आमा हुनुहुन्छ । उहाँहरुका अनुसार, हामी अहिले बच्चा नै छौ । आफ्नै ब्यानरमा निखारिएर बलियो भएपछि मात्र बाहिर काम गर्नुपर्छ भन्ने सोच छ ।’

सुहानाले अहिले आफू आफ्नै घर भित्रको ब्यानरमा काम गरेर निखारिने क्रममा रहेको बताइन् । उनले भनिन्–‘जब म निखारिन्छु, यसपछि बाहिरी ब्यानरमा काम गर्छु ।’

सुहानाले निर्देशक झरना थापाले आमा भनेर आफूलाई अभिनयमा छुट नदिएको पनि बताइन् । भनिन्–‘एकपटक छायांकनमा आएर हेर्नुहोस् न, कती कडा हुनुहुन्छ ।’

सुहानाले नायक अनमोल केसीसँग जोडी बाँधेर अभिनय गरेको चलचित्र ‘ए मेरो हजुर ४’ आउँदो बर्षको भदौ १८ गतेबाट रिलिज हुँदैछ ।

सुहाना भन्छिन्–‘निखारिएपछि बाहिरी टिमको फिल्म गर्छु’

गुट भेलामा जानेलाई कारबाही गर्ने बालुवाटार बैठकको

सुहाना भन्छिन्–‘निखारिएपछि बाहिरी टिमको फिल्म गर्छु’

एमाले संसदीय बोर्डमा झलनाथ खनाल र माधव

Leave a comment

Your email address will not be published. Required fields are marked *