संसदीय दलको विधान संशोधनको प्रस्ताव तयार पार्न कार्यदल बनाउने, उक्त कार्यदल बोर्ड २७ सदस्यीय हुने

काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठकले संसदीय दलको विधान संशोधन सम्बन्धी प्रस्ताव तयार पार्न कार्यदल बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले संसदीय दलको बोर्ड गठन गर्ने निर्णय पनि गरेको छ । सो बोर्ड २७ सदस्यीय हुने छ ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बैठक भएको हो । बालुवाटार बैठकमा नेता माधवकुमार नेपाल पक्षका अधिकांश सांसदहरु सहभागी छैनन् ।

ललितपुरको सानेपामा रहेको एक होटलमा बिहीबार बिहान छलफल गरेर पहिले बालुवाटार बैठकमा जाने निर्णय गरेका उनीहरुले आन्तरिक विरोधपछि पुनः नजाने निष्कर्षमा पुगेका थिए ।

तर ओलीको बोलाएको संसदीय दलको बैठकमा लालबाबु पण्डित, बामदेव गौतमकी पत्नी तुल्सा थापा सहभागी भए ।

यस्तै नन्दा चपाईँ, गंगा चौधरी, माया ज्ञावाली, सबिना हुसैन, गोपाल बम र बिष्णु शर्मा लगायत विगतमा माधव नेपालले आफ्नो पक्षमा दाबी गरेका सांसदहरु पनि बालुवाटार बैठकमा सामेल भए ।

संसदीय दलको विधान संशोधनको प्रस्ताव तयार पार्न कार्यदल बनाउने, उक्त कार्यदल बोर्ड २७ सदस्यीय हुने

उखु किसानको भुक्तानी समस्याको समाधान निकाली सक्याैँ

संसदीय दलको विधान संशोधनको प्रस्ताव तयार पार्न कार्यदल बनाउने, उक्त कार्यदल बोर्ड २७ सदस्यीय हुने

गुट भेलामा जानेलाई कारबाही गर्ने बालुवाटार बैठकको

Leave a comment

Your email address will not be published. Required fields are marked *