कर्णाली प्रदेशमा भिबोको नयाँ मोडल ‘वाई १२ एस’ को प्रि बुकिङ खुला

सुर्खेत, २६ माघ ।
भिबो ब्राण्ड मोबाइलले कर्णाली प्रदेशमा आफ्नो नयाँ मोडल वाई १२ एस (Y12S) मोबाइल फोनको प्रि बुकिङ खुला गरेको छ।”भिबोले कोभिड १९ को आर्थिक अवस्थालाई मध्यनजर गरेर उत्कृष्ट फिचर सहित कम बजेटको मोबाइल नेपाली बजारमा भित्र्याएको छ, साइडमा फिंगर प्रिन्टको सुविधाले वाई१२एस मोडलको फोनलाई थप आकर्षक बनाएको छ, भिबोले कम बजेटमा परिमार्जित फिचर सहित ल्याएको यो मोडलको फोन नेपाली बजारमा हिरो साबित हुनेछ”।कर्णाली प्रदेश बजारमा उक्त मोबाइल फेब्रुअरी ९ देखि १३ सम्म प्रि बुकिङ खुला रहेको छ।
कम्पनीले वाई१२ एस मोबाइल फोनको मुल्य १७ हजार ९९९ कायम गरेको छ। तर फेब्रुअरी ९ देखि १३ सम्म एक हजार रुपैयाँ तिरेर प्रि बुकिङ गर्ने ग्राहकले उक्त मोबाइल फोन १६ हजार ९९९ मा पाउनेछन्। फेब्रुअरी ९ देखि १३ सम्म प्रि बुकिङ गर्ने ग्राहकले उक्त मोबाइल फोनको खरिदमा १ हजार छुट पाउनेछन् भने प्रि बुकिङ गर्ने र पछी खरिद गर्ने गाहकले पनि कम्पनीले घोषणा गरेको बिभिन्न पुरस्कारको बिजेता बन्ने अवसर पाउनेछन।
जसमा ३ जनालाई Y12s मोबाइल फोन उपहारमा दिनेछ भने १०० जनालाई २५०० रुपैयाँको कुपन अर्थात छुट दिनेछ। त्यस्तै ५०० जनालाई निशुल्क मोबाइल स्क्रिन दिनेछ। वाई१२एस मोबाइलको डिस्प्ले ६.५१ इन्च रहेछ भने यसको ३२ जीबीको मेमोरी कार्ड जडान छ। मुख्य क्यामेरा १३+२ मेगा पिक्सेलको छ भने अगाडिको क्यामेरा ८ मेगापिक्सेलको रहेको छ। ग्ल्येसियर ब्लु र फान्टोम ब्ल्याक रङ्गमा वाईटुएस १२ मोबाइल उपलब्ध छन्।
५००० मिलि एम्पियरको ब्याट्री र साइडमा जडान फिंगर प्रिन्टको सुविधा तथा समकक्षी ब्राण्डको तुलनामा कम बजेट वाई १२एस मोबाइलको मुख्य बिशेषताहरु हुन् । भिबो मोबाइलको नेपालको आधिकारिक बिक्रेता सेलोसिटी इन्टरनेशनल प्रा.ली रहेको छ भने कर्णाली प्रदेशका लागि आधिकारिक बिक्रेता कर्णाली इन्टरप्राइजेस एन्ड सप्लायश रहेको छ। भिबोका सुदूर/मध्यपश्चिम प्रमुख अर्जुन मल्लले नयाँ फिचर सहितको वाईटुएस १२ मोडलको फोन नेपाली बजारमा उत्कृष्ट साबित हुने विश्वास व्यक्त गरेका छन्।







