जिल्ला सहकारी संघद्वारा अन्तरक्रिया

सुर्खेत, २६ माघ ।
सुर्खेत जिल्लाको सहकारी संस्थाहरुसंग एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला सहकारी संघ लि. सुर्खेत र आरएमडिसी लघुवित्त वित्तिय संस्थाको आयोजनामा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा सुर्खेत जिल्ला सहकारी संघका सञ्चालक समितिका पदाधिकारी तथा उक्त संघमा आवद्ध रहेका ९१ वटा सहकारी संस्थाहरुका सञ्चालक समितिको अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

जिल्ला सहकारी संघ लि. सुर्खेतका अध्यक्ष अमृत बहादुर बि.सी.को अध्यक्षता तथा नेपाल केन्द्रीय बहुउद्धेश्यीय सहकारी संघ लि.का सञ्चालक चन्द्र प्रसाद थानीको प्रमुख आतिथ्यता र आर.एम.डि.सी काठमाण्डौका का.मु.नायब प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापाको बिषेश आतिथ्यता रहेको थियो । जिल्ला सहकारी संघ सुर्खेतका उपाध्यक्ष रबिन्द्र शाहले स्वागत मन्तब्य राख्दै सबैलाई स्वागत गर्नुभएको थियो भने संघका सचिव बिशाल के.सी.ले कार्यक्रमको मुख्य उद्देश्यको बारेमा प्रकाश पार्नुभएको थियो ।

सुर्खेत जिल्लामा संचालित सहकारी संस्थाहरुलाई संस्थागत एवं वित्तिय रुपमा सक्षम बनाउन कसरी सकिन्छ ? भन्ने अभिप्रायका साथ आयोजित यस कार्यक्रममा कार्यक्रमका मुख्य श्रोत व्यक्ति पृथ बहादुर थापाले सहकारी संस्थाहरुमा संस्थागत संस्कृतीको विकास गर्दै संस्था आर्थिक रुपमा मजबुत हुनु पर्दछ भन्ने धारणा राख्नुभएको थियो ।

यसका साथै आरएमडिसी लघुवित्त वित्तिय संस्थाको बारेमा विस्तृत जानकारी गराउँदै उक्त संस्थासंग सहकारी संस्थाहरु कसरी आवद्ध हुन सक्दछन । यदि आवद्ध भएमा के कस्ता सेवा सुविधा तथा फाईदाहरु हुन्छन भन्ने बारेमा प्रष्टपार्नुभएको थियो । नेपालमा गरीवि न्यूनिकरण गर्न लघुवित्त कार्यक्रमको विकास गर्ने उद्देश्यका साथ २०५५ सालमा स्थापना भएको आरएमडिसी लघुवित्त वित्तिय संस्था नेपालको लघुवित्त क्षेत्रको विकास गर्ने एक अग्रणी संस्थाको रुपमा रहेको चर्चा गरिएको थियो ।

यस संस्थाले सहकारी तथा घ वर्गका वित्तिय संस्थाहरुलाई लघुकर्जा वितरणका लागि सहुलियत दरमा थोक कर्जा प्रवाह गर्ने कार्य गर्दछ । संघका अध्यक्ष एवं कार्यक्रमका सभापति अमृत बहादुर बि.सी.ले जिल्ला सहकारी संघले सुर्खेत जिल्लाको सहकारी संस्थाहरुको विकासका लागि अभिभाकत्व ग्रहण गर्दै सदैव सहकारी अभियानलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुका साथ जिल्ला सहकारी संघ सुर्खेतका गतिविधिहरुको बारेका जानकारी गराउनुभएको थियो ।

त्यसै क्रममा जिल्ला सहकारी संघ सुर्खेतद्वारा निर्माण गरिएको चिस्यान केन्द्र (कोल्ड स्टोर) मा अन्य सहकारी संस्थाहरुलाई समेत सेयर लगानी गर्नको लागि अनुरोध गर्नुभएको थियो । साथै छोटो समयमा कार्यक्रम सम्पन्न गरी कार्यक्रमलाई सफलबनाई दिएकोमा आरएमडिसी लगायत जिल्ला सहकारी संघका पदाधिकारीहरु तथा व्यवस्थापक प्रति आभार व्यक्त गर्नुभएको थियो ।

जिल्ला सहकारी संघद्वारा अन्तरक्रिया

सपनाले गरिन यस्तो खुलासा, बुवा मानेका विनयजंग

जिल्ला सहकारी संघद्वारा अन्तरक्रिया

कर्णाली प्रदेशमा भिबोको नयाँ मोडल ‘वाई १२

Leave a comment

Your email address will not be published. Required fields are marked *