देउती अस्पतालका सञ्चालक तथा स्वास्थ्य अधिकृत थापाको निधन

सुर्खेत, २४ माघ ।
सुर्खेतका वरिष्ठ स्वास्थ्यकर्मी एवम वीरेन्द्रनगरस्थित सुर्खेतकाे पहिलाे निजी अस्पताल देउती अस्पतालका सञ्चालक खगेन्द्र थापाको निधन भएको छ । थापा लामो समयदेखि मृगौला रोगबाट पीडित थिए । उनको शनिबार विहान इत्रामस्थति आफ्नै निवासमा निधन भएको हो । दुई महिनाअघि मात्रै उनलाई कोरोना संक्रमण भएको थियो ।

कोरोनामुक्त भए पनि स्वास्थ्यमा थप समस्या आएपछि उनलाई काठमाडौंस्तिर ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गरिएको थियो । तर अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई केही दिनअघि मात्रै सुर्खेत ल्याइएको थियो । २०४२ सालदेखि सरकारी सेवामा प्रवेश गरेका थापाले वीरेन्द्रनगरस्थित कटकुवा स्वास्थ्य चौकीबाट सेवा सुरु गरेका थिए । केही महिना अघि मात्रै उनी सेवानिवृत भएका थिए ।

देउती अस्पतालका सञ्चालक तथा स्वास्थ्य अधिकृत  थापाको निधन

कर्णाली प्रदेशमा भिबोको नयाँ मोडल ‘वाई १२

देउती अस्पतालका सञ्चालक तथा स्वास्थ्य अधिकृत  थापाको निधन

मालपोतको चाप घटाउन अनलाइन सेवा सुरु गरिने

Leave a comment

Your email address will not be published. Required fields are marked *