देउती अस्पतालका सञ्चालक तथा स्वास्थ्य अधिकृत थापाको निधन
सुर्खेत, २४ माघ ।
सुर्खेतका वरिष्ठ स्वास्थ्यकर्मी एवम वीरेन्द्रनगरस्थित सुर्खेतकाे पहिलाे निजी अस्पताल देउती अस्पतालका सञ्चालक खगेन्द्र थापाको निधन भएको छ । थापा लामो समयदेखि मृगौला रोगबाट पीडित थिए । उनको शनिबार विहान इत्रामस्थति आफ्नै निवासमा निधन भएको हो । दुई महिनाअघि मात्रै उनलाई कोरोना संक्रमण भएको थियो ।
कोरोनामुक्त भए पनि स्वास्थ्यमा थप समस्या आएपछि उनलाई काठमाडौंस्तिर ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गरिएको थियो । तर अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई केही दिनअघि मात्रै सुर्खेत ल्याइएको थियो । २०४२ सालदेखि सरकारी सेवामा प्रवेश गरेका थापाले वीरेन्द्रनगरस्थित कटकुवा स्वास्थ्य चौकीबाट सेवा सुरु गरेका थिए । केही महिना अघि मात्रै उनी सेवानिवृत भएका थिए ।