६ कोठे पक्की भवनको शिलान्यास

दुर्गा विसी
सल्लीबजार, २२ माघ ।
बागचौर नगरपालिका वडा नं. १० पिपलनेटाको महेन्द्र माविको ६ कोठे पक्कि भवनको शिलान्यास भएको छ । उक्त भवनको शिलान्यास कर्णाली प्रदेश संसद गुलाबजंग शाहले गर्नुभएको हो । आ.व. २०७७÷२०७८ को कर्णाली प्रदेश पुर्बाधार बिशेष कार्यक्रम अन्तरगत ६ कोठे भवन निर्माण हुनेछ ।
यसको कार्यन्वयन पुर्वाधार बिकास कार्यालय सल्यानले गर्ने जनाएको छ । गुलाव जंग शाह संसद भए यता धेरै विद्यालयका भौतिक पुर्वाधारले गति लिएका छन् ।२ कोठे देखि ६ कोठे भवन धमाधम वनिरहेका छन भने केही सम्पन्न समेत भैसकेका छन् । उक्त कार्यक्रममा कर्णाली पर्देश सांसद गुलाब जंग शाहले शैक्षिक सुधार गर्न ४ वटा पिलरहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
जसमा शिक्षक, विद्यार्थी अभिभावक र जनप्रतिनिधि तथा राजनीतिक दलहरु एकआपसमा मिलेर अगाडि बढ्नुपर्ने जनाउनु भएको छ । यी ४ को समन्वय र शिक्षा प्रतिको हेर्ने दृष्टिकोण सकारात्मक भए साँच्चै आमुल परिवर्तन हुने कुराको ठोकुवा गर्नु भएको थियो । अबको आन्दोलन शैक्षिक गुणस्तरका लागि गर्नुपर्ने बताउनुभएको थियो ।
बिब्यस अध्यक्ष राजेश गिरिको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेशसभा सल्यान “क’’ का संसद गुलाबजंग शाह, अतिथि बागचौर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष कृष्णा कुमार खड्का रहनुभएको थियो भने उक्त कार्यक्रमको सञ्चालन शिक्षक प्रकाश् अधिकारीले गर्नुभएको थियोे ।





