विव्यस चुनावमा प्रचण्ड–नेपाल समूह विजयी
दुर्गा विसी
सल्यान, २२ माघ ।
बनगाड कुपिण्डे नगरपालिका वडा नं. १२ निगाल्चुलामा रहेको श्री सिद्देश्वरी माबि माझखर्क निगाल्चुलामा विद्यालय व्यवस्थापन समितिको चुनाव सम्पन्न भएको छ । नेपाल कम्यूनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल र नेपाली काँग्र्रेस, पार्टीका उम्मेदवारीहरु बिच चुनावी मैदानमा गएका थिए । जसमा जम्मा १९६ मत मध्य १७५ मत खसेको थियो ।
जस अनुसार नेकपाको प्रचण्ड नेपाल समुहका सम्पुर्ण प्यानल नै बिजय भएको छ । बिजय हुनेमा नेकपा प्रचण्ड नेपाल यामप्रकाश वली १०३, शुकलाल थापा १०३, गिता पुन १०२, पबित्रा थापा १०२, नेकपा प्रचण्ड नेपाल पक्षका उम्मेदवार विजय भएका छन् ।
भने पराजित हुनेमा नेपाली काँग्र्रेस उम्मेदवारहरु भुमलाल डाङ्गी ७२, चन्द्र बहादुर पुन ७२, बबिता परियार ७१, भिमकली बुढा ७१ मत प्राप्त गर्दै पराजित भएका छन भने जम्मा २ मत बदर भएको शिक्षा शाखा प्रमुख तथा निर्वाचन अधिकृत ध्रुर्बा थापाले जानकारी दिनु भएको छ ।