बनगाड कुपिण्डेमा उपभोक्तालाई अनुशिक्षण

दुर्गा विसी
सिम्ता, २२ माघ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले योजनाका उपभोक्ता समितिलाई तालिम दिएको छ । समयमै सम्झौता गर्न आउन नमाने, आषाढ मसान्तसम्म कामकाज कुरेर वस्ने परिपाटीको अन्त्य गर्नका लागि कर्मचारी र उपभोक्तालाई तालिम दिएको छ । आ.व. ०७७/०७८ मा नगरमा सम्झौता भएका पहिलो पटक २० वटा योजनाका उपभोक्तालाई समितिका ६० जना अध्यक्ष, सचिव र कोषाध्यक्षलाइ तालिम दिएको छ । योजना सम्पन्न भएपछि कागजि प्रकृयाका बारेमा दुख नपाउन र कामको गुणस्तरीयताका विषयमा अनुशिक्षण गरिएको जनाएको छ ।

यो वर्ष स्वीकृत योजनाहरु वडाबाट १ सय ३२, नगरबाट २० र प्रदेश तथा संघबाट ११ वटा गरी एक सय ६३ वटा योजना रहेका छन् । जस मध्ये हाल सम्म ५५ वटा योजनाहरु मात्रै नगरमा सम्झौता भएका छन् । जतिसक्दो चाडैं सम्झौता गर्न नगरपालिकाले ताकेता गरिरहेको छ । उक्त अनुशिक्षणको उद्घाटन नगर उप प्रमुख मञ्जु यरीले गर्नुभएको थियोे ।

अनुशिक्षणमा निम्ति प्रमुख प्रशासकिय अधिकृत चक्र बहादुर रावत, लेखा प्रमुख दिनेश भण्डारी, प्राविधिक शाखा प्रमुख महेश देवकोटा, योजना शाखा प्रमुख धर्मराज ढकाल र रोजगार संयोजक प्रमुख भिम पुनले आ–आफ्नो शाखामा हुने योजनाका कामकाज र प्रक्रियाका वारेमा कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीलाई प्रशिक्षण दिएको जनाएको छ ।

नगरमा सम्झौता हुने सबै उपभोक्ता समितिलाई सो अनुशिक्षण गरिने जनाएको छ । योजना सुरुवाति चरणदेखि सम्पन्नता हुँदा साथै योजनाको दीर्घकालीन रेखदेख र संरक्षणका विषयमा समेत सम्बन्धि समुदाय व्यक्ति जिम्मेवार रहनुपर्ने जनाएको छ ।

बनगाड कुपिण्डेमा उपभोक्तालाई अनुशिक्षण

तत्काल हेर्नुहोस् ओली समूह र प्रचण्ड–नेपाल समूहबीच

बनगाड कुपिण्डेमा उपभोक्तालाई अनुशिक्षण

विव्यस चुनावमा प्रचण्ड–नेपाल समूह विजयी

Leave a comment

Your email address will not be published. Required fields are marked *