सानीभेरीमा डुबेर बालकको मृत्यू

रुकुम पश्चिम, १४ माघ ।
सानीभेरी गाउँपालिका वडा नं. सात मालुबेलाका एक बालकको सानीभेरीमा डुवेर मृत्यू भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । डुवेर मृत्यू हुनेमा डेढ वर्षका बालक जेशन पुनः रहेको प्रहरीले जनाएको छ । बालकको डुवेर मृत्यू भएको खबर पाएलगत्तै प्रहरी घटना स्थल पुगेको प्रदेश प्रहरीले बताएको छ । प्रहरीले डुबेका बालकको उद्धार गरी सानीभेरी अस्पतालमा उपचारका लागि ल्याएको थियो भने बालक पुनको उपचारको क्रममा मृत्यू भएको थियो ।






