हिमपातमा फसेका ६ भारतीय  पर्यटकको उद्धार

सुर्खेत, १७ कार्तिक ।

आवश्यक प्रशासनिक अनुमति नलिई जोखिमपूर्ण हिमाली मार्गहुँदै माथिल्लो डोल्पा पुगेका ६ भारतीय पर्यटक भारी हिमपातमा फसेपछि हेलिकोप्टरबाट उद्धार गर्नुपरेको छ । १४ कात्तिकदेखि सम्पर्कविहीन भएका तीन महिला र तीन पुरुष पर्यटकलाई सोमबार बिहान हेलिकोप्टरमार्फत सकुशल उद्धार गरिएको हो । मौसम प्रतिकूल रहेको र भारी हिमपातको जोखिम बढेको भन्दै प्रशासन तथा स्थानीयवासीले हिमाली क्षेत्रमा यात्रा नगर्न सुझाव दिए पनि उनीहरूले जोखिमपूर्ण मार्गबाट यात्रा गरेका थिए । डोल्पोबुद्ध गाउँपालिकाको धो क्षेत्रबाट शे–फोक्सुण्डो गाउँपालिका– ८ स्थित फोक्सुण्डो तालतर्फ फर्कने क्रममा उनीहरू नुमला र वाग्ला पास आसपासको क्षेत्रमा फसेका थिए । सोमबार बिहान ६ः३० बजे उडेको हेलिकोप्टरले सुरुमा दुई महिलालाई उद्धार गरी जिल्ला सदरमुकाम दुनै ल्याएको थियो । त्यसपछि बाँकी एक महिला र तीन पुरुषको उद्धारका लागि हेलिकोप्टर पुनः घटनास्थल पुगेको थियो । डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले सबै ६ जना भारतीय पर्यटकको सकुशल उद्धार गरिएको जानकारी दिइन् । उनका अनुसार उद्धार गरिएका सबैको स्वास्थ्य अवस्था सामान्य छ । जिल्ला प्रशासन कार्यालय डोल्पामा १४ कात्तिकमा पर्यटक हिमपातका कारण फसेको जानकारी प्राप्त भएको थियो । त्यसलगत्तै उद्धारको पहल गरिए पनि प्रतिकूल मौसम र हेलिकोप्टर व्यवस्थापनमा आएको समस्याका कारण उद्धारमा ढिलाइ भएको थियो ।

हिमपातमा फसेका ६ भारतीय   पर्यटकको उद्धार

६ प्रदेशका अर्थमन्त्रीको भेला सम्पन्न

हिमपातमा फसेका ६ भारतीय   पर्यटकको उद्धार

बाँकेमा पहिलोपटक दुर्लभ वन्यजन्तु सालकको अवस्था र

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!