६ प्रदेशका अर्थमन्त्रीको भेला सम्पन्न

सुर्खेत, १७ कार्तिक ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ६ प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरुको भेला सम्पन्न भएको छ । सोमबार आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेशको आयोजनामा प्रदेश आर्थिक मामिला परिषद्को बैठक सम्पन्न भएको हो । बैठकमा भाग लिन सुदूरपश्चिमका अर्थमन्त्रीबाहेक ६ प्रदेशका अर्थमन्त्री र सचिवहरू वीरेन्द्रनगर आएका थिए ।

बैठकमा संविधानको मर्मअनुसार वित्तीय संघीयतालाई तीनै तहका सरकारसँग कसरी तादाम्य मिलाउन सकिन्छ भन्ने विषयमा वृहत् छलफल भएको थियो । प्रदेशहरुको आन्तरिक आय, राजस्व तथा अन्य बाँडफाँट, अन्तर तह वित्तीय हस्तान्तरणको हालको मोडालीटी कार्यान्वयन, चुनौती, सुधारका क्षेत्रहरुका बारेमा छलफल भएको थियो । वित्तीय प्रभावकारिता, पुँजीगत खर्चमा सुधार तथा चालु खर्चमा मितव्यीता, प्रदेशको कार्यक्षेत्र, कार्य विस्तृतीकरण अनुसार कार्य प्रभावकारीताका लागि उपयुक्त जनशक्ती आँकलन तथा हालको अवस्थाका बारेमा पनि अर्थमन्त्री र सचिवहरु बीच छलफल भएको थियो । यस्तै, आयोजना प्रस्ताव तथा छनौट र समग्र बजेट चक्रको प्रभावकारी कार्यान्वयनमा देखिएका समस्या र समाधानका प्रयास, संविधान तथा कानून निर्दिष्ठ वित्तीय जिम्मेवारी तथा अधिकार क्षेत्रको कार्यान्वयनका लागि अन्तर तह समन्वय, सामाजिक, आर्थिक, पूर्वाधार विकास, सुशासन अभिवृद्धि, लगायतका विषयगत क्षेत्रमा हासिल भएका महत्वपूर्ण उपलव्धि तथा वित्तीय संघीयताको प्रभावकारीताका लागि सम्बोधन गर्नुपर्ने विषयका बारेमा बैठकमा बृहत छलफल भएको कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछार्ईले जानकारी दिए । 

६ प्रदेशका अर्थमन्त्रीको भेला सम्पन्न

काठमाडौंसँग कर्णाली चार विकेटले पराजित

६ प्रदेशका अर्थमन्त्रीको भेला सम्पन्न

हिमपातमा फसेका ६ भारतीय  पर्यटकको उद्धार

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!