घुयँत्राे:“४६ सालदेखि ‘लालपूर्जा’को ट्रेलर मात्र—फिल्म अझै रिलिज भएन!”
एमालेहरुले चलाई रहेकाे सुकुम्बासीहरुकाे सामराज्य त बालेनले ध्वस्तै बनाईदिने भएत हँ । सँधैभरि चुनाबमा सुकुम्बासीहरु भन्या हाम्रै भाेटरहरु हुन भन्ने तर सुकुम्बासीलाई कैल्यै लालपूर्जा नदिने र भाेटकाे वार्गेनिङ मात्रै गरेर आश्वाशन बाँडनमात्रै खप्पिस एमालेहरु ४६ सालदेखि पूर्जा दिन्छम भनेर आश्वासन बाँडे तर लालपुर्जा कैल्यै बाँडेनन् । लालपुर्जा दियाे भने भाेट दिन्नन भनेर हाे कि किनहाे जनतालाई सँधैभरी अश्याएर मात्रै राख्ने राजनीतिमा मदमस्त भएका कमिनिष्टहरुले जग्गा दिन्छन र जग्गाकाे मालिक हुन्छम भनेर बस्ने सुकुम्बासी र सुकुम्बासीलाई खेलाएर पैशा कमाउने खेलमा लागेका दलालहरुकाे समेत अाजबाट राेजिराेटि सकियाे भन्दानि हुन्छ । जतिसुकै बस्ति उठाउन दिन्नम भनेर ट्याबे मुन्द्रेहरुलाई सडकमा ल्याएर सरकारकाे बिराेध गरेनि अन्तत त्याे विराेधकाे कुनै अर्थ नरहने स्थिति बनी सकेकाेछ । हिजाे नगर मेयर हुँदादेखिनै नदिकिनारमा सुकुम्बासीका नाममा वसेका बस्ति उठाउन बालेन निरन्तर लागेका हुन । र ऐले पनि लागेका छन । काठमाडौंका सुकुम्बासीकाे बस्ति उठ्याे भने एमालेहरुकाे चुनाबि बस्ति पनि काठमाडौंबाट उठने निश्चित छ । सुकुम्बासी बस्ति उठाउन नदिने धेरैजसाे दलालहरु एमालेकै हुन । त्यसैले एमालेका दलाल, विद्यार्थी संगठन र एमाले नेताहरु बालेन विरुद्ध लफडाबाजीमा उत्रेका छन हेरम् नगरमा हुँदानि बालेनकाे एकल प्रयासमा राजधानीका सडकहरु खुला भएका हुन । एमालेका झाेलेहरुले पूर्रुपमा असहयाेग गरेका कुरा हाम्रा आँखा अगाडि झल्झलिछन । यतिसम्मकि वलिले त काठमाडौं महानगरकाे प्रशासन प्रमुख समेतलाई बालेनसित काम गर्न दिएनन । ऐले अब स्वयं देशकाे प्रधानमन्त्री छन । उनकाे याे सुकुम्बासी बस्ति उठाउने भन्ने अभियान चलाउने बित्तिकै वलिले आँफुले केही नबाेले नि महेस बस्नेतलाई त्यसविरुद्ध जेहाद छेडन भनि सकेका छन त्यसकारणनि एमालेहरु राँके जुलुस ल्याएर सडकमा आईसकेका छन । जनताले राजनीतिबाट लखेटेर रछ्यानमा पुर्याउँदा समेतनि पटक्कै गल्तिकाे यहसास गर्न नचाहेका वलिकाे राजनीति ओछ्यानमै बसेर चलि रहने र उनका झाेलेहरु सत्ताकै पर्खाईमै लागि रहने हाे भने देश कसरी अघि बढला बुझ्न गाह्राेछ । देशविकासका लागि दायित्व सबैकाे रहन्छ तर आफू सत्तामा नरहेका अबस्थामा कुनै पनि भूमिका निर्वाह नगर्ने हाे भने के नाकले राजनीति गर्ने हुन वलिले ? किन उनी र उनका झाेलेहरुले राज्यकाे ढुकुटी चलाउन नपाउने हाे भने सँधैभरि सरकारकै विराेधमात्रै गर्नु पर्ने हाे र ? चिन्ता नगर्नाेस वलिबा आम चुनाबले आधाउधि पाटि सक्याे अब सरकार छिटै स्थानीय चुनाब गराउने दाउमाछ स्थानीय चुनाब भयाे भने तपाईंको पाटिकाे बाँकि ताँकि ईज्जतनि सकिन्छ ।
एमालेका मतदातानि सकिन्छन । अनि सँधैभरि हाम्रा मतदाता भनेर अरुलाई देखाउने सुकुम्बासी नि सकिन्छन ।देशमा भरसक सबै कमिनिष्ट ,नभए एमाले कमिनिष्ट भन्ने नि सकिन्छ ।त्यसपछि सबैलाई हाईसुख्ख हुन्छ । नदि किनारमा यामानका सडक बन्छन । नदि किनारमा बर्सेनि खाेलाले बगाउने बस्ति रहनेछैन । अब्यबस्थित घरटहरा रहने छैनन । त्यसपछि एमालेकाे चुरीफुरी सँधैका लागि सक्किनेछ । सरकारलाईनि हाई सन्चाे हुनेछ । कि कसाे !
,




