पातारासीले लियो प्रथम भलिबल कप

गाेल्डेन बुढा

जुम्ला ,१३ बैशाख ।

प्रतिस्पर्धात्मकता, धैर्य र आत्मविश्वासको उच्च नमुना प्रस्तुत गर्दै पातारासी गाउँपालिकाले जुम्ला बहुमुखी क्याम्पसद्वारा आयोजित ‘प्रथम स्ववियु भलिवल कप’को उपाधि हात पारेको छ। शनिबार सम्पन्न फाइनल खेलमा तातोपानी गाउँपालिकामाथि ३–२ को रोमाञ्चक जित निकाल्दै पातारासीले उपाधि आफ्नो पोल्टामा पारेको हो।फाइनल खेल सुरुदेखि नै बराबरीको लयमा अघि बढ्यो। दुवै टोलीले एकअर्कामाथि दबाब सिर्जना गर्दै दुई–दुई सेट जित्दा खेल निर्णायक पाँचौँ सेटमा धकेलिएको थियो। अत्यन्त तनावपूर्ण अन्तिम सेटमा पातारासीले संयम गुमाएन र निर्णायक अंक बटुल्दै जित सुनिश्चित गर्‍यो। तातोपानीले देखाएको संघर्षले खेललाई अझ प्रतिस्पर्धात्मक बनाएको थियो, तर अन्तिम क्षणमा अवसर चुक्दा उपाधिबाट टाढिनुपर्‍यो।चैत ९ गतेदेखि सुरु भएको प्रतियोगितामा ९ टोली सहभागी थिए। सुरुदेखि नै सन्तुलित प्रदर्शन गरेको पातारासीले समूह चरणदेखि नै आफ्नो दाबेदारी स्पष्ट बनाएको थियो।

सेमिफाइनलमा कर्णाली प्राविधिक शिक्षालयलाई सोझो सेटमा हराएको पातारासी फाइनलमा पनि लयमै देखियो।उपाधिसँगै पातारासीले करकट्टीसहित १ लाख १ हजार १ सय १ रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको स्ववियु सभापति लोकेन्द्र बुढाले बताए। उपविजेता तातोपानी गाउँपालिकाले ५१ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र हात पार्यो।विजेता टोलीलाई जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य र निमित्त क्याम्पस प्रमुख पदमबहादुर शाहीले पुरस्कार वितरण गरे। फाइनल खेलको निर्णायकका रूपमा पूर्व राष्ट्रिय खेलाडी हरिलाल महत मैदानमा थिए।प्रतियोगिताको समग्र यात्रामा पातारासीले निरन्तरता, टिमवर्क र दबाब व्यवस्थापनमा उत्कृष्ट क्षमता देखायो। तातोपानी, कर्णाली प्राविधिक शिक्षालय र अन्य टोलीले दिएको कडा प्रतिस्पर्धाबीच पातारासीको उदय जित मात्र होइन, जिल्लास्तरको भलिबलमा नयाँ सन्देश पनि हो, तयारी, अनुशासन र आत्मविश्वास भए जित सम्भव छ।आयोजकका अनुसार यस्ता प्रतियोगिताले जुम्लामा खेल संस्कृतिको विस्तार मात्र होइन, लुकेका प्रतिभालाई उजागर गर्ने महत्वपूर्ण मञ्चका रूपमा काम गरिरहेका छन्।

पातारासीले लियो प्रथम भलिबल कप

मानव एकता दिवसमा सुर्खेतमा रक्तदान : प्रेम,

Leave a comment

Your email address will not be published. Required fields are marked *