बराहतालमा परम्परागत मान्यताका  कारण कुपोषण अन्त्यमा चुनौती

सुर्खेत, ५ चैत । 

बराहताल गाउँपालिकामा परम्परागत तथा हानिकारक सामाजिक मान्यताका कारण कुपोषण अन्त्य गर्न अझै चुनौती रहेको सरोकारवालाहरूले बताएका छन् । बुधबार सुन्दर नेपाल संस्थाले सञ्चालन गरिरहेको पोषण परियोजना अन्तर्गत धार्मिक अगुवा तथा सामुदायिक नेताहरूसँग आयोजित सामाजिक मान्यता र अभ्यास सम्बन्धी छलफल कार्यक्रममा यस्तो तत्थ सार्वजनिक भएको हो ।

कार्यक्रममा धार्मिक अगुवा खड्कबहादुर कार्कीले केही परम्परागत मान्यता र अभ्यासहरू नै कुपोषण अन्त्यका लागि बाधक बनेको उल्लेख गरे । उनले बालबालिका तथा महिलाको पोषण सुधारका लागि यस्ता हानिकारक अभ्यास परिवर्तन आवश्यक रहेकोमा जोड दिए । यस्तै, बड्डिचौर टोल विकास संस्थाकी अध्यक्ष इमा पोख्रेलले महिनावारी र गर्भावस्थामा खान मिल्ने र नमिल्ने भन्दै गरिएको विभेदले आमा र बच्चा कुपोषणको जालोमा परेको बताइन ।

त्यसैगरी, बराहताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पुनले बहुक्षेत्रीय पोषण कार्यक्रम र पालिकाका आफ्नै योजनामार्फत पोषण सुधारमा निरन्तर काम भइरहेको बताइन् । उनले स्थानीय स्तरमा समन्वय र सचेतना अभिवृद्धि गर्दै कुपोषण न्यूनीकरणमा जोड दिइएको स्पष्ट पारिन् ।

स्वास्थ्य शाखाकी प्रमुख विष्णु गुरुङ्गले सरकारी तवरबाट कुपोषण अन्त्यका लागि धेरै प्रयास भइरहको भएपनि कतिपय हानिकारक मान्यताका कारण यसको चक्र तोड्न निकै चुनौती रहेको बताइन । उनले आमनागरिकले कुपोषणको चक्र तोड्न व्यवहार परिवर्तन गर्नुपर्नेमा जोड दिइन ।

पोषण परियोजनाकी कार्यक्रम संयोजक मनु सापकोटाले सुर्खेत जिल्लाका पाँच वटा स्थानीय तहमा पोषण अवस्था सुधार गर्न परियोजना कार्यान्वयन भइरहेको जानकारी दिइन् । उनका अनुसार टोल सुधार समिति, आमा समूह, धार्मिक अगुवा तथा बाल क्लबमार्फत विभिन्न सचेतनामूलक र व्यवहार परिवर्तनका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

उनले परियोजना लागु भएका पालिकामा आमा तथा बच्चाको कुपोषणको अवस्था मापन गरिएको उल्लेख गर्दै केही समयमा त्यो रिपोर्ट सार्वजनिक गर्न लागेको बताइन । कार्यक्रमका सहभागीहरूले कुपोषण अन्त्यका लागि सामाजिक सोच र व्यवहार परिवर्तन अपरिहार्य रहेको निष्कर्ष निकालेका थिए ।

बराहतालमा परम्परागत मान्यताका   कारण कुपोषण अन्त्यमा चुनौती

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व

बराहतालमा परम्परागत मान्यताका   कारण कुपोषण अन्त्यमा चुनौती

पालिका स्तरीय समन्वयात्मक बैठक 

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds