स्वच्छ र भयरहित निर्वाचनका लागि सार्वजनिक सरोकार कानून व्यवसायी समूहको अपिल

बाँके ,१८  फाल्गुन ।

नेपालगञ्जस्थित सार्वजनिक सरोकार कानून व्यवसायी समूहले आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरोकारवालाहरूसँग सार्वजनिक अपिल गरेको छ।
आइतबार नेपालगञ्जमा समूहका संयोजक वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठको संयोजकत्वमा बसेको बैठकले निर्वाचनलाई शान्तिपूर्ण र विश्वसनीय बनाउन सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने निष्कर्षसहित उक्त अपिल गर्ने निर्णय गरेको हो।
समूहका सहसंयोजक तथा प्रवक्ता अधिवक्ता बसन्त गौतमका अनुसार बैठकले लोकतान्त्रिक मूल्यमान्यतालाई सुदृढ बनाउन निर्वाचनलाई निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न गरिनुपर्नेमा जोड दिएको छ।
समूहले नेपाल सरकार तथा स्थानीय प्रशासनलाई आवश्यक सुरक्षा व्यवस्था मिलाई आम मतदातामा शान्ति–सुरक्षाको प्रत्याभूति गराउन आग्रह गरेको छ। साथै सामाजिक सञ्जालमार्फत राजनीतिक दलका नेता तथा उम्मेदवारविरुद्ध गरिने द्वेषपूर्ण अभिव्यक्ति, हेट–स्पिच तथा भड्काउ गतिविधि नगर्न सबैलाई सचेत गराइएको छ।
राजनीतिक दल र उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुपर्नेमा समूहले विशेष जोड दिएको छ।
त्यसैगरी, आम मतदातालाई पनि निर्वाचनमा सक्रिय सहभागिता जनाई आफ्नो मताधिकार प्रयोग गर्न तथा योग्य र सक्षम जनप्रतिनिधि चयन गरी देशलाई सही दिशातर्फ अघि बढाउन योगदान दिन आह्वान गरिएको छ।
निर्वाचन आचारसंहिताको पूर्ण परिपालना गराउँदै निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगले विशेष ध्यान दिनुपर्ने समूहका महासचिव अधिवक्ता विकास आचार्यले जानकारी दिनुभयो।
यसैबीच, बैठकले आसन्न होली पर्वको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दै सार्वजनिक सरोकारका मुद्दामा अदालतबाट भएका निर्णयहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने निष्कर्ष पनि निकालेको छ।
सार्वजनिक सरोकार कानून व्यवसायी समूहमा संयोजक वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, सहसंयोजक वरिष्ठ अधिवक्ता लोकबहादुर शाह र अधिवक्ता बसन्त गौतम, महासचिव अधिवक्ता विकास आचार्य, सचिव अधिवक्ता सुनिता शर्मा, कोषाध्यक्ष अधिवक्ता केवल सिंह थारु तथा सदस्यहरू अधिवक्ता बलबहादुर चन्द, विश्वजित तिवारी, सुरेश कुमार गौतम र भोला नाथ महत (इन्सेक) आबद्ध रहेका छन्।

स्वच्छ र भयरहित निर्वाचनका लागि सार्वजनिक सरोकार कानून व्यवसायी समूहको अपिल

घुयँत्राे:राति १२ बजेसँगै चुनावी माइक बन्द, तर

स्वच्छ र भयरहित निर्वाचनका लागि सार्वजनिक सरोकार कानून व्यवसायी समूहको अपिल

जुम्लामा ९२५ अस्थायी मतदाता, दुई केन्द्रबाट मतदान

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds