विद्यालय र घरमा अन्धाधुन्धा गोली चल्दा कम्तीमा ९ जनाको मृत्यु

काठमाडौं,२८ माघ।

क्यानडामा एउटा विद्यालय र नजिकैको घरमा आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ। घटनामा धेरै शिक्षक, विद्यार्थी र स्थानीय नागरिक मारिएका सरकारी अधिकारीहरूले बताएका छन्।
स्थानीय समयअनुसार बिहानै सुरु भएको गोलीकाण्डमा आक्रमणकारीले पहिले विद्यालय परिसरभित्र गोली चलायो र त्यसपछि नजिकैको घरतर्फ गएर फेरि गोली प्रहार गरेको थियो। प्रहरीले घटनामा संलग्न आक्रमणकारीलाई घटनास्थल नजिकै पक्राउ गरेको जानकारी दिएको छ।

घाइतेहरूलाई अस्पतालमा उपचार भइरहेको छ र केहीको अवस्था गम्भीर छ भने मृतक संख्या बढ्न सक्ने आशंका पनि व्यक्त गरिएको छ। विद्यालय क्षेत्र र आसपासको इलाकामा तनाव र त्रास फैलिएको छ।

विद्यालय र घरमा अन्धाधुन्धा गोली चल्दा कम्तीमा ९ जनाको मृत्यु

सल्यानको कपुरकोटमा जिप दुर्घटना : चालकको मृत्यु,

Leave a comment

Your email address will not be published. Required fields are marked *