क्याम्पस प्रमुख खनालद्धारा पदभार ग्रहण

सुर्खेत, २९ असार ।

नवनियुक्त क्याम्पस प्रमुख माधव प्रसाद खनालले सोमवार पदभार ग्रहण गरेका छन् । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सुर्खेत क्याम्पस (शिक्षा) का नवनियुक्त क्याम्पस प्रमुख खनालले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै प्रमुख खनालले आफ्नो कार्यकालमा क्याम्पसलाई शैक्षिक हवको रुपमा निर्माण गर्न शैक्षिक गुणस्तरमा सुधार ल्याउने प्रतिवद्धता व्यक्त गरे । उनले सूचना प्रविधिको रुपमा शैक्षिक विकास गर्न समेत प्रविधिमैत्री क्याम्पस निर्माण गरिने बताए ।



क्याम्पसको शैक्षिक गुणस्तर सुधारमा कुनै कसूर बाँकी राखिने छैन’ प्रमुख खनालले भने, ‘त्यसका लागि निरन्तर प्रयास गर्ने छु । साथै यस क्याम्पसलाई शिक्षा संकायमा मात्र सिमीत नराखी बहुमुखी क्याम्पस संचालनका लागि विशेष पहल गर्नेछु ।’ पदभार ग्रहण कार्यक्रममा क्याम्पसका प्राध्यापक, कर्मचारी, विद्यार्थी लगायतको सहभागीता रहेको थियो

क्याम्पस प्रमुख खनालद्धारा पदभार ग्रहण

डीपीआर तयार भइसकेको सिँचाई योजनाको निर्माणस्थल नै

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds