कोरोना भाईरस नियन्त्रणमा खटिएका स्वास्थकर्मीहरुको विदाई
सुर्खेत, २९ असार ।
चौकुने गाउँपालिका सुर्खेतले कोरोना भाईरस नियन्त्रण गर्नका लागी खटिएका स्वास्थकर्मीहरुको बिदाई गरेको छ । सोमबार गाउँपालिकामा प्रदेश अस्पताल सुर्खेतबाट खटिएका डा.लोकराज कंडेल सहित सामाजिक विकास मन्त्रालयबाट आएका २ जना सामुदायिक स्टाफ नर्स र कोपिला भ्याली सुर्खेतबाट आएका एक जना नर्स र अनमीको बिदाई गरेको चौकुने स्वास्थ्य शाखा प्रमुख गगनसिं पाण्डेले जानकारी दिए ।
विदाई कार्यक्रममा गाउँपालिका अध्यक्ष धिर बहादुर शाहीले कोरोना भाइरस नियन्त्रण गर्न अहोरात्र खटिनु हुने स्वास्थ्यकर्मीहरुको उच्च प्रसंशा गरेका छन् । उनले भने, कोरोना भारसले विश्व नै भयवित भएको अवस्थामा हामीले निश्चित साधन स्रोतको सहयोगले भाईरसलाई कमजोर बनाएको दाबी गरे । आजका दिनसम्म चौकुनेका केहि नागरिकहरुलाई भाईरस पोजेटिभ देखिए पनि सबैलाई सन्चो भएको बताए ।
यसैगरी गाउँपालिका उपाध्यक्ष निर्मला मगरले कोरोना भाइरस नियन्त्रण गर्न स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगाएत सबैलाई धन्यवाद दिए । सबैको सहयोगले चौकुनेमा अहिले सम्म कोरोना सामुदायिक स्तरमा फैलिन नपाएकोमा खुसी व्यक्त गरे । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हित प्रसाद पौडेलले कोरोना संग लड्न सहयोग गर्ने विभिन्न संघ संस्था, दातृ निकाय, प्रदेश सरकार र संघीय सरकार र अन्य सहयोगी दाताहरुलाई धन्यवाद व्यक्त गरे । चौकुने गाउँपालिकामा हालसम्म कोरोना परिक्षण आरडीटीबाट २०८३ जना, पीसीआरबाट ३७६ जनाको परिक्षण गरिएको छ भने पीसीआर पोजेटिभ तथा नेगेटिभ गरी पीसीआर पोजेटिभ संख्या २५ जनालाई देखिएको थियो ।
पीसीआर पोजेटिभ देखिएकाहरुलाई १४ दिन सम्म आईसोलेशनमा राखि स्वाव परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको थियो । हाल चौकुनेको क्वारेन्टाइनमा जम्मा ४३ जना रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य शाखा अधिकृत डिल्लीराम घिमिरेले खबर पठाएका हुन् ।