प्रधानमन्त्री सुशीला कार्कीको जुम्लाको चन्दननाथ मन्दिर पूजाआजा

गाेल्डेन बुढा

जुम्ला ,६ चैत।
प्रधानमन्त्री सुशीला कार्कीले कर्णाली भ्रमणको क्रममा जुम्लाको धार्मिक,सांस्कृतिक पहिचानका केन्द्रबिन्दु चन्दननाथ मन्दिरमा पूजाआजा गरेकी छिन्। खलंगामा रहेको मन्दिरमा करिब १५ मिनेटसम्म पूजा गरी उनले राष्ट्र कल्याण, नागरिकको शान्ति र क्षेत्रीय समृद्धिको कामना गरेकी थिइन्। प्रधानमन्त्रीको उपस्थितिलाई मध्यनजर गर्दै मन्दिर वरिपरि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले कडा सुरक्षा व्यवस्था मिलाएका थिए, जसले राजनीतिक स्थिरता र सार्वजनिक सुरक्षाको महत्त्व झल्काउँछ।

कर्णालीको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्दननाथ मन्दिरमा प्रधानमन्त्रीले गरेको पूजाले पर्यटन प्रवर्द्धनमा मात्र नभएर सांस्कृतिक पहिचानको संरक्षण र स्थानीय समुदायमा गर्वको भावना जगाउने काम गर्ने विश्वास गुठी समितिले व्यक्त गरेको छ।जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार, “प्रधानमन्त्रीज्यूले पूजाआजा गर्दै राष्ट्र कल्याण र जनताको शान्ति कामना गर्नुभयो। यो जुम्लाबासीका लागि मात्र नभएर समग्र कर्णाली क्षेत्रका लागि सकारात्मक सन्देश हो।”प्रधानमन्त्री कार्कीले यस भ्रमणलाई निर्वाचनमा देखिएको सक्रियता र शान्तिपूर्ण सहभागिताका लागि सुरक्षा निकाय, कर्मचारी र मतदाताप्रति धन्यवाद ज्ञापन गर्ने अवसरका रूपमा समेत उपयोग गरिन्।

भ्रमणका क्रममा उनले बिहीबार मुगुको रारातालको अवलोकन गर्नुका साथै जुम्लाको कर्णाली प्राविधिक शिक्षालयको निरीक्षण पनि गरिन्।साथै, मुगु र जुम्लाका सुरक्षा प्रमुखहरूसँगको छलफलमा उनले निर्वाचनमा देखिएको सक्रियता र जिम्मेवार भूमिकाप्रति प्रशंसा व्यक्त गर्दै सम्बन्धित सबै पक्षप्रति आभार व्यक्त गरिन्। नेपाली सेनाको हेलिकप्टरमार्फत जुम्ला पुगेर २४ नम्बर बाहिनी अड्डामा बसाइपछि प्रधानमन्त्री कार्की शुक्रबार बिहान ७ः४० बजे जुम्लाबाट जनकपुर प्रस्थान गरेकी थिइन्।

प्रधानमन्त्री सुशीला कार्कीको जुम्लाको चन्दननाथ मन्दिर पूजाआजा

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरू

प्रधानमन्त्री सुशीला कार्कीको जुम्लाको चन्दननाथ मन्दिर पूजाआजा

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय

Leave a comment

Your email address will not be published. Required fields are marked *