खर काट्न निकुञ्ज गएका ६२ वर्षीय ओली मृत फेला

बर्दिया ,१ चैत ।

बर्दिया राष्ट्रिय निकुञ्जभित्र खरखडाइका लागि गएका एक व्यक्ति मृत अवस्थामा फेला पर्नुभएको छ। बाँसगढी नगरपालिका–८, अस्नेरीका ६२ वर्षीय प्रेमबहादुर ओली निकुञ्जभित्र मृत फेला परेको प्रहरीले जनाएको छ।
ओली फागुन २५ गते खर काट्न निकुञ्जभित्र गएका थिए। त्यसपछि घर नफर्किएपछि उनको खोजी सुरु गरिएको थियो। प्रहरी, निकुञ्ज कर्मचारी र स्थानीयवासीको टोलीले फागुन २६ गतेदेखि २९ गतेसम्म खोजी अभियान सञ्चालन गरेको थियो।
खोजीका क्रममा फागुन २९ गते ओली मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। ओलीको शव रहेको स्थान नजिक पुग्दा खोजीमा संलग्न ५८ वर्षीय यामबहादुर खत्रीलाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो। घाइते खत्रीको बाँकेको भेरी अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक प्रमेश विष्टका अनुसार शव निकुञ्जभित्र फेला परेको हो। घटनास्थलमा मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि बर्दिया अस्पताल पठाइएको र प्रक्रिया पूरा भएपछि आफन्तको जिम्मा लगाइएको उहाँले बताउनुभयो।

मृतक ओलीसँग खरखडाइका लागि प्राप्त पुर्जी समेत फेला परेको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार ओलिलाई जंगली जनावरले आक्रमण गरेको हुनसक्ने आशंका गरिएको छ।

 

खर काट्न निकुञ्ज गएका ६२ वर्षीय ओली मृत फेला

घुयँत्राे:“बालेन सरकारको ४७ सूत्रे योजना : रकेट

खर काट्न निकुञ्ज गएका ६२ वर्षीय ओली मृत फेला

जुम्लामा मौरीपालनतर्फ किसानको आकर्षण, तर संरक्षण नीति

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds