भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर, २३  साउन । 

कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेको रु ५७ हजार बराबरको तीन क्विन्टल ५० किलो तोरी र चार थान साइकलसहित उनीहरूलाई बिहीबार नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता  टेकबहादुर रावतका अनुुसार भारतबाट भन्सार छली  ल्याइएका रु २५ हजार बराबरका पेय पदार्थ, बिडी, बोइलर कुखुरा बेलौरी नगरपालिका– २ बैजुडाँडा फालिएको अवस्थामा भेटिएका छन् । 

सामान पनि स्थानीय टेडुवा प्रहरीचौकीले बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ । त्यसैबीच, जुवाको खालबाट आठ जना पक्राउ परेका छन् । उनीहरूबाट नगद रु ५५ हजार पनि बरामद भएको छ ।

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *